सम्पर्क

उपसभामुखमा ठाकुर र लामा मैदानमा, ठाकुरको जित लगभग निश्चित

प्रतिनिधिसभाको उपसभानुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले उम्मेदवारी दर्ता गरेका छन् । दिउँसो २ बजेसम्मको समयसीमाभित्र दुवै उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनीहरु दुवै समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । यसअघि प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक दल तथा फरक लिङ्गबाट हुनुपर्ने व्यवस्था छ, जसअनुसार अबउ पसभामुखको निर्वाचन भोलि हुने तय भएको छ । उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुरलाई रास्वपाले समर्थन जनाएको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई रहेका छन् भने समर्थकमा रास्वपाका अशोक चौधरी र ।म संस्कृतिकी अम्बिकादेवी सङ्ग्रौला छन् । सत्तारुढ दल रास्वपासँग कारब दुईतिहाई मत रहेको र प्रमरख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत ठाकुरलाई समर्थन गर्ने संकेत गरेपछि उनको जित लगभग सुनिश्चित देखिएको छ ।