नेत्र ज्योती कृषी सहकारी सस्था ले स्थानीय स्तरमा उत्पादन हुने तरकारी उत्पादन गर्ने तरिका र त्यस्ता प्रकारका तरकारीहरुको बजारी करण गर्नका लागी नगरपालिकाको वडा नं २ बतासेमा १० दिने तालिम सञ्चान गरिरहेको छ ।
वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख अतिथ्यतामा २४गते देखी शुरु भएको तालिम सञ्चालन अन्तरर्गत मङ्गलबार गोलभेडाको बिउ उमार्न आबश्यक पर्ने ब्याड निर्माण गर्न सिकाइएको थियो भने बुधबार बिउ राख्न सिकाइएको छ । अब गोलभेडाको बेर्ना उत्पादन भए पछी बिरुवा रोप्न सिकाइने छ भने गोलभेडा, काउली, मेथी लगाएतका अचार बनाएर लेवल टासी बजारिकरणका लागी तालिम दिन लागीएको सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो । बिउ रोप्न सिकाउँदै सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले बिउको दानमा कमीला लाग्ने भएकाले कमीलाबाट बचाउँन पर्ने र माटो सफा गरि मलको व्यवस्थ ागर्न पर्ने बारेमा समेत जानकारी गराउँनु भएको थियो ।
वडा नं २को कार्यलयमा भएको तालिममा २९ वटा कृषी समुह÷सहकारीका गरी ३५जना कृषक प्रतिनिधीहरुको सहभागीता रहेको छ । सहभागीहरुले अहीले सम्म यस्ता कृषी सम्बन्धी तालिम दिएर नगदे बालीका बारेमा सिकाउँने काम कसैले पनी नगरेको भएता पनी नेत्र ज्योती कृषी सहकारी सस्थाले यस्ता तालिम दिएर स्थानीय स्तरमा नै रोजगारको व्यवस्थापन गर्न सहयोग गरेकोमा नेत्रज्योती कृषी सहकारी संस्थालाइ लाइ धन्यबाद समेत दिएका थिए ।
