सम्पर्क

ब्रेकिङ न्युज १

अपाङ्गता भएका विद्यार्थीलाई स्वीटर वितरण

ब्रेकिङ न्युज १, समाचार
३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माध्यमिक विद्यालया अपाङ्गता भएका १२ जना बालबालिकालाई स्वीटर वितरण गरिएको छ । १८ बर्ष मुनिका विद्यालय जाने शारिरीक र मानसिक रूपमा अपांगता भएका बालबालिकाहरू लाई गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्य र वडाध्यक्ष सुके तामाङको अध्यक्षतामा आज सो सामग्री वितरण गरिएको महिला बालबालिका तथा जेस्ठ नागरिक शाखाकि प्रमुख शारदा उप्रेतीले जानकारी दिनुभयो । आगामी दिनमा बाँकी रहेका विद्यालयमा पनि वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।...

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १६ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थाल्नुभएको थियो । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ । मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बस्नुभएको छ । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुट्न...

मेलम्ची नगरपालिकाको आफ्रनै लोगो

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ । मेलम्ची नगर समृद्धिको आधार,कृषि पर्यटन, उद्योग र जलाधार भन्ने लक्ष्यका साथ नागरिकहरुको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागी प्रतिबद्ध नगरपालिकाले आफ्नो छुट्टै लोगो प्रतिक चिन्ह सार्वजनिक गरेको हो । नगरपालिकाले गत असोज ४ गते लोगो डिजाइनका लागी प्रस्ताव आह्वान गरेको थियो । सार्वजनिक लोगोमा नेपालको झण्डा, पर्यटकीय क्षेत्र गुफाडाँडामा पदयात्री, हरियो पहाड र उर्बर भूमिको किनारा हुँदै बगेको मेलम्ची र इन्द्रावतीको दोभान, स्वच्छ र शान्तीको प्रतीकमा नीलो रङको हात, पहेँलो अन्न कृषिलाई उजागर गरिएको र जलश्रोतको धनीका रुपमा पहिचान गरिएको मेलम्चीलाई पानीको थोपाको आकार दिइएको डिजाइनर विजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार लोगो नगरपालिकालाइ हस्तान्तरण गर्दै श्रेष्ठले लोगोले मेलम्चीको छुट्टै पहिचान झल...

एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ मङ्सिर : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जनजीवन नराम्ररी प्रभावित भयो । रुकुमपश्चिमसमेत उत्तिकै समस्यामा प¥यो । काठमाडौँमा आममानिस नउठ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभयो । राहत उद्धार तथा उपचारको काम प्रभावकारीरुपमा भूकम्प आएको २४ घण्टामा नै सम्पन्न भयो । यद्यपि, अस्थायी आवास निर्माण भने प्रभावकारी हुन नसकेको गुनासो उत्तिकै छ । चिसो मौसमका कारण अकालमा ज्यान गुमाउने पनि बढ्दै गएका छन् । प्रस्तुत छ, भूकम्पपछिको राहत, पुनःस्थापना र पुनःनिर्माणलगायतका विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता रमेश लम्सालले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश : जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका कारण प्रभावितलाई सहजरुपमा राहत प्रदान गर्ने काममा राज्यको ध्यान नगएको भन्ने गुनासो...

विश्व एड्स दिवस ः महामारी नियन्त्रण प्रयासमा विगत दुई दशकमा नेपालले उल्लेखनीय उपलब्धी हासिल गरेको मन्त्री बस्नेतको दाबी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ मङ्सिर ः आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ । ३६औँ विश्व एड्स दिवसको अबशरमास्वास्थ्य तथा जनसंख्या ...

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ। चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ। चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श्वा...

मध्यावधि भन्दै गाउँ छिर्दै एमाले

ब्रेकिङ न्युज १, समाचार
एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वलाई मध्यावधिका लागि तयार रहन ‘निर्देशन’ दिएको केही दिनमै एमालेले मेची–महाकाली यात्रा सुरु गरेको छ। समृद्धिका लागि संकल्प यात्रा भनिए पनि एमालेले ‘जनता र कार्यकर्तासँग’ जोडिन यो यात्रा सुरु गरेको हो।एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट समृद्धि यात्राको सुरुवात गरेका हुन्।  मध्यपहाडी लोकमार्गको पश्चिम अन्तिम बिन्दु मानिएको झुलाघाटबाट मुलुकको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष ओलीले बिहीबार संकल्प यात्राको शुभारम्भ गरेका हुन्।ओलीको नेतृत्वमा करिब तीन सातासम्म चल्ने यो यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू सहभागी छन्। यात्राको शुभारम्भ गर्दै अध्यक्ष ओलीले पहाडी क्षेत्रको विकासका लागि यहाँका जनताहरूसँग छलफल गर्ने बताए। थुप्रै सम्भावना रहेको पहाडी ...

नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौं, १४ मंसिर/नेपाली कांग्रेस बागमती कार्यसमितिले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौंमा गर्ने भएको छ । प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक बागमती प्रदेशको सम्मेलन गर्ने भएको हो ।कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा विहिबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय भएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो ।कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरिएको छ । प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ ।त्यस्तै राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजक उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजक महामन्त्री कन्चनचन्द्...

सहकारीमा एक ब्यक्ती एक पद लागु हुने

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सहकारी बिभागले एउटै ब्यक्तीलाइ दुइ सहकारीको सञ्चालक समितीमा बस्न नपाउँने नियमलाइ कडाइका साथ कार्यन्वयनमा ल्याँउने भएको छ । सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार अब एउटै व्यक्ति सहकारी संघ संस्थाको दोहोरो पदमा बस्न नपाउने भन्दै सहकारी विभागले सूचना समेत जारी गरेको छ ।विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र लेख्दै सहकारीमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्था लागू गर्न भनेको छ । यस अघि सहकारी ऐन २०७४ लाई धज्जी उढाउँदै एउटै व्यक्ति सहकारी संघसंस्थाको २–३ वटा पदमा समेत बस्दै आएका थिए । मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदको ब्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो ।सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रह...

मेलमिलाप मार्फत समृद्धि हासिल गर्न सहज हुन्छः सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले मेलमिलाप कार्य मार्फत समृद्धि हासिल गर्न सहज हुने बुझाई रहेको र समाजमा हुने आपसी कलह, झगडा र मनमुटाबले समाधानको खोजी गर्न मेलमिलापकर्ताको भुमिका हुने बताउनु भयो । उहाँले मेलमिलापकर्ताले खेलेको भुमिकामा कुनै पक्षले पनि नहार्ने र कुनै पक्षले नजित्ने तर नियम, कानुन र शान्तिले जित्ने भएको हुँदा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने गरेको बताउनुभयो । उँहाले उक्त कुरा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले तालिम सम्पन्न पश्चात् न्यायिक कार्य सम्पादन कार्यमा सघाउ पुग्ने र प्रभावकारी वृद्धि हुने विश्वास लिएको बताउनु भयो । उद्घाटन कार्यक्रममा बोल्नु हुँदै विशेष अतिथी माननीय जिल्ला न्याय...