जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा नँया प्रमुख जिल्ला अधिकारी आए सँगै सुधारका कार्यहरु अगाडी बढेको छ । प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य सिन्धुपाल्चोकमा आउँनु भए लगत्तेै बिहीबार सञ्चारकर्मीहरु सँग कुरा गर्दै समस्या देखीएका कुराहरुलाई समाधान गर्दै जिल्ला बासीलाइ छिटो छरितो र स्तरिय सेवा उपलब्ध गराउँन लागी पर्ने बताउँनु भएको थियो ।
उँहाले पहीले कार्यलय भित्रै सुधार गर्न पर्ने कुराहरु सुधार गर्ने बताउँदै नागरिकता , पासपोर्ट, लगाएत प्रशासन कार्यलयबाट पाउँन पर्ने सुबिधा लिनका लागी सर्बसाधरणलाइ कुनै समस्या नहोस भन्नाक लागी आफुले तत्काल छलफल गरी सुधार्न पर्ने कार्यहरुको सुधार गर्ने बताउँनु भएको थियो । उँहाले जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुमा कार्यलय समय भरी सेवाग्रहीले सेवा पाउँने गरी कार्य गर्न सबै कार्यलय प्रमुख हरुलाइ अनुरोध गरिएको बताउँनु भएको थियो । यसका लगत्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहदानीको लागि निवेदन दिएर लामो समयदेखि लिन नआएका सेवाग्राहीहरुलाई १५ दिन भित्रमा आफ्नो राहदानी लिन आउन सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यलयमा दश बर्ष भन्दा अगाडिदेखि एम. आर . पि तथा इ–पासपोर्टको लागि निवेदन दिएका १५ सय भन्दा बढी राहदानी कार्यालयमा थन्किएका कारण भण्डारणमा समेत समस्या परेको कारण सबैलाइ पौष मसान्त भित्र पासपोर्ट बुझी लान सुचना जारी गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताउँनु भयो । आजै जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकद्धारा राहदानी लिन आउँन सुचना प्रकाशित भएको छ । जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत रबिन्द्र मानन्धर द्धारा हस्ताक्षेरित सुचनामा गत असार मसान्त भन्दा अगाडि राहदानीको लागि निवेदन दिएका सेवाग्राहीलाई पौष मसान्त भित्रमा लिन आउन अनुरोध गरिएको छ ।
