एकराज श्रेष्ठ, दोलालघाट, उधमशिल बचत तथा ऋण सहकारी संस्था लि दोलालघाट को बाह्रौ बार्षिक साधारण पुर्व श्रमराज्य मन्त्रि गोबिन्दनाथ उप्रेतीको प्रमुख अतिथीमा सम्पन्न भएको छ । हिजोे शनिबार भएको साधरण सभाको पानसमा बत्ती बालेर उदघाटन गर्दै उप्रेतीले सहकारीताका माध्ययमबाट गरेका हरेक कामहरु सफलतामा जाने भएकाले यस सहकारी सस्था पनी सफलता तिर अगाडी बढेकोमा आफुलाइ खुशी लागेको बताउँनु भयो । उाहाले हरेक साधरण सभाको प्मुख अतिथी बनेर यस सस्थाका साधरण सभामा उपस्थिती हुन पाँयदा आफुलाइ खुशी लागेको बताउँदै बाह्रौ पटक सम्म आफुलाइ प्रमुुख अतिथी बनाएकोमा सस्था प्रती आभार समेत प्रकट गर्नु भयो ।
संस्थाले पार गरेको बाह्रौ बर्षको अवसरमा बाह्रै वटा घडामा आमन्त्रतित अतिथी मध्य बाह्र जनाले घडामा पानी भरि घडा झै सहकारी पनि भरि भराउ रहि रहोस भन्ने सन्देश दिदै संचालन गरेको सो कार्यक्रममा भुम्लु गाउ पालिका न्यायिक समितीका संयोजक एंव उपाध्यक्ष जितेन्द्रमान तामाङ्ग( दावा लामा)ले बिशेष आतित्यथाको आसनबाट बोल्दै ।संस्थाका सम्पुर्ण कारोबार नितीगत रुपमा राखेको र कुनै पनि खोट नभएको यथार्थ रुपमा रहेको साथै कारोबारलाइ हेर्दा भुम्लु गाउँ पालिका भरि रहेका सहकारीहरु मध्य प्रशंसा योग्य हुनुको साथमा पालिका भरि मै एक नम्बरको सहकारी भएको दावी गर्नु भयो।आफ्नो पालिकामा यस्तो अब्बल रुपमा बितिय संस्था संचालन रहेकोमा खुशी लागेको बताउँदै जसरी शेयर सदस्यको साथको कारण सहकारीका पदाधिकारीले संस्थालाइ भम्लुको नमुनाको सहकारी बनाउन सफल हुनु भयो त्यसरी नै भुम्लुको बिकासको निमित संघ,प्रदेश तथा स्थानिय तहबाट आएका बिकासका योजनाहरुको अनुगमन तथा सुझाव सल्लाह, स्वास्थ शिक्षा तथा अन्य सरकारी कार्यहरुमा कर्मचारीहरुबाट जिम्मेवार पुरा भए नभएको सो को अनुगमन जस्ता कार्यक्रममा सहकार्य गरेमा भुम्लु को बिकासमा पनि टेवा पुग्ने जिकिर गर्नु भयो। साधरण सभामा संस्थाका अध्यक्ष गोविन्द प्रसाद पराजुलीले सभापतित्व गर्दै संस्थाको कार्य नीति गत बर्षको तुलनामा प्रगतीपथमा लागी रहेको बारेमा प्रकाश पार्नु भएको थियो ।
अध्यक्ष पराजुली ले “जन्म देखि मृत्यु सम्म उधमशिल साथमा“ भन्ने मुल नारालाइ निरन्तरता दिदै संस्थाले कार्य गरेकोले देशभर परेको आर्थिक मन्दिको वावजुद पनि निक्षप संकलन,लगाणी ,अशुलि तथा नाफाामा यथारुपमा रहि भुम्लु गाउ पालिका भरिमा अब्बल हुन सकेको दावी गर्नु भयो आकस्मिक (मोफिल) कर्जा आकस्मिक स्वास्थ कर्जा,बिमा,सुत्केरी भेटघाट, जस्ता उल्लेखेनिय सामाजिक प्रभाव पर्ने कार्य लाइ निरन्तरता दिइ रहेकोमा यस बर्षबाट कृषि कर्जा पनि प्रदान गरिएको जसमा भैसि पाल्ने लाइ एक लाख रुपैया र गाइ पाल्ने कृषकलाइ पचास हजार रुपैया– सहुलियत ब्याज दरमा ऋण प्रभाव गर्नुको साथै दुर्भाग्यवस पशु मरेको अवस्थामा लिएको ऋणको दश प्रतिशत मिनाह गर्ने , शेयर सदस्यहरुको हितको निमित कल्याणकारी कोष खडा ,पेन्सन बचत जस्ता सदस्य हितका कार्यहरु तयार गरेको जानकारी गराउनु भयो।उँहाले स्थापना काल देखि शेयर लाभांस प्रतक्ष्य रुपमा पन्ध्र प्रतिशत बाड्ने कार्य हाल सम्म सफल भै रहेकोमा यस बर्ष अप्रतक्ष्य रुपमा तेह्र प्वाइन्ट पाच प्रतिशत बृद्धी गरि यस बर्ष अठ्ठाइ प्वाइन्ट पाच प्रतिसत बोनस शेयर सदस्यले पाएको उहाले आंकलन गर्नु भयो।संस्थाले हरेक बर्ष फरक ढंगबाट लगाउने लुगा पानी खाने करुवा,तरकारी हाल्ने कचौरा, खाना खाने चरेसका थाल लगायतका दैनिक जिवनमा प्रयोग हुने अत्यावश्यक सामाग्रीलाइ नगदको सत्तामा यातायात खर्च बापत दिदै आएकोमा यो बर्ष पकाउने भाडोको रुपमा २ लिटरको प्रेसर कुकर प्रति शेयर सदस्यलाइ प्रदान गरेको थियो।सस्थाका सचिव अशोक चन्द्र झा ले कार्यक्रमका साथमा संस्थाले बर्षभरि गरेका प्रगती बिवरण तथा भावी रणनिती बारेमा प्रस्तुत गर्नु भयो ।
संस्थाले गत बर्षको तुलनामा एघार लाख तिस हजार पाच सय बृद्धी गरि शेयर पुजि दुई करोड तेह लाख सत्ततर हजार , ,निक्षप संकलन तेह्र करोड पाच लाख एघार हजार सोह्र र लगाणी चौध करोड बत्तिस लाख बाउन्न हजार नौ सय बयासी हुदा संस्थाको सम्पुर्ण खर्च कटाउदा खुद मुनाफा एकहत्तर लाख चालिस हजार आठ सय त्रियासी रुपैया भएको कोषाध्यक्ष सुमन बहादुर श्रेष्ठ ले आर्थिक प्रतिवेदनको क्रममा बताउनु भयो ।साथैलेखा समितीका संयोजकको रुपमा रहनु भएका दुलालेश्वर क्लवका अध्यक्ष अष्ट बहादुर श्रेष्ठले संस्थाले यस आ व मा गरेका सम्पुर्ण कारोबारहरु सहकारी मान्यता र मुल्यको आधारमा रहि सोचे अनुरुपको नाफा आर्जन गर्दा गर्दै पनि गत बर्ष भन्दा खुद मुनाफामा चार लाख पैतिस हजार आठ सय एकाउन्न रुपैया कम भएकोमा आर्थिक मन्दिको कारण पाकेका केहि ब्याज अशुली नभएको यथार्थका साथमा यस आ व का आर्थिक हिसाबको बारेमा चित्रण गर्नु भएको थियाकार्यक्रममा दुलालेश्वर मावि, मा अध्यरत गरिव,जेहेन्दार तथा उतकृष्ट अंक ल्याउने बिधार्थी छात्र छात्रा१÷१लाइ नगद तथा पुरस्कार , उपस्थित शेयर सदस्यहरुलाइ बम्पर उपहार जस्ता प्रोत्साहात्मक कार्यक्रम रहेको कार्यक्रममा ८५ प्रतिसत शेयर सदस्यहरुको उपस्थिती भएको संस्थाका ब्यवस्थापक प्रकास श्रेष्ठले बताउनु भयो।अतिथीको रुपमा आउनु भएका जिल्ला समन्वयन समितीका पुर्व सदस्य प्रेम लामा ले कारोवारमा एक नम्बर,ब्यवस्थापन पनि एक नम्बर भएकोले सदस्यको मन जितेको कारण उधमशिल प्रति माया बढेको बताउँनु भयो । उँहाले सहकारी तथा लघुबित्त को ऋण तिर्ण पर्दैन भन्ने दुर्गा पर्साईको भ्रमित अभिब्यक्ती मा सदस्यहरु नपरेकोमा सम्पुर्ण सदस्यहरुलाइ धन्यबाद दिनु भयो।
त्यसै गरि संस्थाका एक मात्र सल्लाहकार एंव दोलालघाट उधोग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति ले आफुुले उचित सल्लाह दिएको जसको परिणाम संस्थाले बिकासको फड्को मार्न सकेकोमा खुशि ब्यक्त गर्नु भयो।उहाले दोलालघाट क्षत्रमा भएका सबै सहकारीहरुमा बचत गर्ने तथा ऋण लिने सदस्य प्राय दोहोरो प्रणालीमा भएकोले एउटा सहकारीमा राम्रो कारोवार देखाउने अर्को सहकारीमा चै ब्याज धरि नतिरी कालो सुचिमा पर्ने कार्य गरेको पाएकोले त्यस्तो कार्य नगर्नु आग्रह भयो। कुनै सहकारी बिग्रन आट्यो अव त्यस्ता संस्थाको ऋण नतिर्दा हुन्छ भन्ने भ्रमको नपर्नु तमसुकको आधारमा कानुनि बाटोको अवलम्वन गरि जसरी नै अशुल्छ साथमा दोलालघाट मा अवस्थित सहकारीको संजालको निर्णयले सबै संस्थामा कालो सुचिमा पर्ने हुदा आफ्ना दैनिकी कारोबारमा असर पर्न सक्ने हुदा बैलेमा सचेत हुन आग्रह गर्नु भयो।हर्षो उल्लास का साथ सदस्यहरुको उपस्थिती रहेको सभामा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष जाल बहादुर बि क ले दिनु भएको थियो भने
अतिथीहरुमा , दुलाललेश्वर साकोसका अध्यक्ष , स्ट्यान्डर साकोसका कोषाध्यक्ष ,दोलालघाट साकोसका अध्यक्ष ,चाखोला कृषि साकोसका अध्यक्ष लगायत दोलालघाटका बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले आतिथ्यता गर्नु भएको थियो। भुम्लु गाउँ पालिका भरिमा ढिलै स्थापना भए नी भुम्लु भरिका सहकारी मध्य कार्य नितीमा उत्कृष्ट संस्था रहेको संस्था भएकोले हृदय देखि पुर्ण मायापुर्ण भाव देखाइ सदैव माया गरि रहने कार्यक्रमको माझ शेयर सदस्यहरुले बताएका छन। सभापतिबाट आजको परिस्थिती पुर्याउन सफल खेलाडीको रुपमा परिचित गराउन सहयोग गर्नु हुने कार्यसमितीका साथीहरु, कर्मचारीसाथीहरु , संस्थाको मेरुदण्डको रुपमा रहनु भएका शेयर सदस्यज्युहरुमा ,संस्थाका शुभचिन्तक र शुभेच्छुक प्रति हार्दिक धन्यवाद दिदै संस्था बिकासको निमित संस्थालाइ अझ नया आयम तर्फ लाने र लिएका भावी लक्ष्यहरु पूरा गर्ने वचन बद्धता गर्दै सभा बिसर्जन गर्नु भएको थियो।
