राष्ट्रिय मानव अधिकार आयोग हरिहरभवन ललितपुरकोे आयोजनामा सिन्धुपाल्चोक जिल्लाको मानव अधिकारको अवस्था विषयमा छलफल गरिएको छ । मंगलबार जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले मानव अधिकारका बारेमा कहिलेकाही आयोगले अनुसन्धान गर्दा वस्ताविक घटनाभन्दा फरक ढङ्गबाट नतिजा आउँदा निर्दोष ब्यक्ति पनि समस्यामा पर्ने हुदा आयोगले घटनाको विश्लेषण गर्दा थप अध्ययनमा गर्नुपर्ने बताउँनु भयो ।
उहाँले सबै उजुरीमा सत्यता नहुन पनी सक्छ, त्यसप्रती पनी हामिले गहिरो अनुसन्धान गरेर काम गर्न पर्नेमा जोड दिनुभयो । हरेक नागरिकले आफ्नो अधिकार खोज्दा अरुको अधिकारका बारेमा पनी ख्याल राख्न पर्ने समेत बताउँनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख बाल नरसिंह राणाले हामी नेपालको संविधानको पालना गर्ने, कानुनको पालना गर्ने र कानुन बिपरित काम गर्नेलाई ऐन नियम अनुसार कानुनी सजायको व्यवस्था गर्दा मानव अधिकार हनन भयो भनेर पत्र आउँने गर्दा सुरक्षा निकायको आत्माबल कमजोर हुने गरेको बताउँदै सुरक्षाकर्मीको मानबअधिकार हननप्रती पनी ध्यान दिन अनुरोध गर्नुभयो ।
सिन्धुपाल्चोक जिल्लाका मानव अधिकारकर्मी नातीबाबु धितालले जिल्लामा आपाराधिक घटनाहरु, प्राकृतिक विपति लगाएतका घटनाहरु भइरहेका हुन्छन । त्यस्ता घटनाका बारेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिन पर्ने हुन्छ, त्यो अबस्थामा प्रहरीको पनि मानव अधिकार हनन हुन सक्छ भएको पनी छ, त्यसकारण यस बिषयमा पनी आयोगको ध्यान जान जरुरी रहेको बताउँनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी गोमादेवी ढकाल, खानेपानी डिभिजन कार्यालयका इन्जिनीयर राम पुकार साफी, स्वास्थ्य कार्यालयका पार्वति बिष्ट, जिल्ला वन कार्यालयका भक्त बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिब बिदुर आचार्य, महिला मानव अधिकार रक्षकका सचिव रिना श्रेष्ठ लगाएतले हिंसामा परेका महिला, एकल महिला, ज्येष्ठ नागरिकको समस्या, अपाङ्गता भएका व्यक्तिको समस्या, गरिबीको स्वास्थ्य समस्या र अधिकार लगायतका समस्याहरूको समाधान गर्न आवश्यक रहेको बताउँनु भएको थियो । आयोगले जिल्लामा भएको छलफलमा उठेका विषयवस्तुका आधारमा केन्द्रीत भएर राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन तयार पार्ने आयोगका उपसचिव मोहन जोशिले जानकारी दिनुभएको थियो ।
