देवराज सुबेदी
जल तथा मौसम अवलोकनकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । यु. एस. एडको आर्थिक सहयोगमा प्राक्टिकल एक्सन, राइम्स, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चको आयोजना र जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोगमा स्थानिय गेज रिडर, डि आर आर फोकल पर्सन, मेलम्ची खोलाको माथिल्लो तथा तल्लो तटिय क्षेत्रका सामुदायिक विपद व्यवस्थापन समितीका पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो ।
मेलम्ची तथा ईन्द्रवती जलाधर क्षेत्रमा स्थापित प्रणालीको दिगोपना र प्रभावकारिता विषयमा पूर्णताजिकी तालिम प्रदान गरिएको गुरुङको भनाई छ । कार्यक्रममा वर्षा तथा हावापानी मापन केन्द्रका अपरेटरहरु, मेलम्ची नगरपालिका,इन्द्रावती गाउँपालिका,पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका विपद फोकल पर्सनहरु, सामुदायिक विपद व्यवस्थापन समितीका प्रतीनिधीहरुको उपस्थिती रहेको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विपद्का क्षेत्रमा स्थानिय तह आफैंले अपनत्व लिनेगरि काम गर्नपर्ने बताउनुभयो । उहाँले निति तथा कार्यक्रम बनाउँदा विपद्लाइ प्राथमिकतामा नराख्ने गरेको प्रति असन्तुष्टि जनाउँदै आगामी दिनहरुमा सुधार गर्दै लैजाने कुरामा आफु प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रमुख प्रधानले विपद् भनेको खोला बाढी आउनु र पहिरो लड्नु मात्र नभएकाले विपद पुर्वकार्यका लागी सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले नगरले नभई वडा वडा बाट नै योजना बनाएर आउने गरियो भने अझै काम प्रभावकारी हुने बताउनुभयो । प्रधानले भौगोलिक अवस्था र परिस्थितिको पनि अध्ययन गरेर प्राथमिकतामा राख्दै निति बनाउनपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राइम्सका नेपाल देश कार्यक्रम प्रमुख पुजा शाक्यले परियोजना तथा संस्थाको गतिविधीबारे प्रस्तुति तथा जानकारी गराउनु भएको थियो ।जल तथा मौसम बिज्ञान बिभागका मौसमबविद बिराज कडेल, जलविद सुमित अधिकारी लगायतले प्रस्तुती तथा कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्न हरुको जवाफ दिनुभएको थियो ।
संस्थाको सोही कार्यक्रम बिहिबार बलेफिमा हुने छ ।
