सम्पर्क

ब्रेकिङ न्युज १

मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ का अस्थाई संरचना हटाउन ३५ दिने सुचना जारी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना (भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना) हटाउन  सम्बन्धीत घरधनीलाई आग्रह गरेको छ । मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार सहित होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउन नगरपालिकाले ३५ दिने सुचना निकाल्दै अनुरोध गरेको हो । सूचनालाई बेवास्ता गरी सूचनाले तोकेको अस्थाई संरचना ३५ (पैंतीस) दिन भित्र नहटाईएमा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम प्रक्रिया अगाडी बढाउने र उक्त संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयंवाट सरकारी बाकीं सरह असुलउपर गरिने नगरपालिका द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।मेलम्ची नगरपालिकालाई सुन्दर,फराकिलो र सौन्दर्ययुक्त बनाउनका गत पुष २६ गते बसेको कार्यपालिकाको निर्णय अनुसार आज मंगलबार वडा ...

आर्थीक स्थिती सुधारमा सहकारी सस्थाहरुको ठुलो भुमिका हुन्छ ः मन्त्री चित्रकार

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
देसको आर्थीक स्थिती सुधारमा सहकारी सस्थाहरुको ठुलो भुमिका रहेको उद्योग, बाणीज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बताउँनु भएको छ। उँहाले राजधानीमा आयोजित सहकारी सस्थाहरुको साधरण सभाको उद्धघाटन गर्देै यस्तो बताउँनु भएको हो । उँहाले खाशगरी स्थानीय स्तरमा रोजगारीको श्रुजना गर्दै छरीएर रहेका पँुजी रकमहरु सङ्कलन गर्दै एक ठाँउमा जम्मा गरेर एक मुष्ट बनाएर पुन जोबाट सङ्कलन गरेको हो त्यसैलाइ एकमुष्ट बनाएर उद्योग तथा कुनै व्यवसाय सञ्चालन गर्ने बाटो खोलीदीने सहकारी भएकाले यसको सही सदुपयोग गरिनु पर्ने बताउँनु भयो । उँहाले केही माफीयाहरुका कारण सहकारी प्रती नागरिकले हेर्ने दुष्टीकोणमा फरक स्थिती पैदा हुन थालेकोले यस प्रती चनाखो रहन पर्ने भन्दै सहकारी सस्थाका शेयर सदस्यहरु निस्क्रीय रहँदा सञ्चालकको मनोमानी बढ्ने भएकाले अनीबार्यरुपमा शेयर सदस्यहरुले समय समयमा आफ्नो बचत रकम कहाँ कसरी लगानी भए...

बाह्रबिसे नगरपालिकाले उत्कृष्ठ कार्य गरेको छ ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क पढाउने व्यवस्था गरेर देश भरिमै शिक्षाका क्षेत्रमा उत्कृष्ठ काम गरेको बताउनुभएको छ । बाह्रबिसे नगरपालिकाको १४औं नगरसभालाई आईतबार बाह्रबिसेमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने अभियानमा आफु लागेको दावी गर्दै आफ्नो अभियानलाई बाह्रबिसे नगरपालिकाले कार्यन्वयन गरेर शिक्षाको क्षेत्रमा गतिलो काम गरेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘ देशभरिका सरकारी विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्छ भन्ने अभियानमा म लागेको छु । सिन्धुपाल्चोकका बाह्रबिसेसँगै भोटेकोशी गाउपलिका र त्रिपुरासुन्दरी गाउँपाकिलाले पनि कक्षा १२ सम्म निःशुल्क पढाउने अभियान सुरु गरेपछि यसको सकारात्मक सन्देश देश भरि फैलिएको छ । सरकारले अव छिट्टै कक्षा १२ सम्मको शिक्षा निःशुल्...

प्याब्सन द्धारा बार्षीक साधारणसभा को अबशरमा सम्मान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिन्धुपाल्चोकले जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठलगाएतलाइ सम्मान गरेको छ । प्याब्सनको बार्षीक साधारणसभा को अबशर पारेर जिल्ला सम्मन्वय प्रमुख श्रेष्ठलाइ सिन्धु बिच रिसोर्टमा एक समारोहका बिच आइतबार सम्मान गरेको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको जिल्लाको सुकुटेस्थित सिन्धुबिच रिसोर्टमा सम्पन्न वार्षिक साधारणसभा मा नेपाल पत्रकार महासंका उपाध्यक्ष दिनेस थापालाइ पनी सम्मान गरिएको थियो ।  कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले तलव भन्दा बढी मिहेनत र मिहेनत भन्दा बढी बिश्वास गरेर निजि विद्यालयका शिक्षकहरु काममा खट्ने गरेको दावी गर्नुभयो । उहाँले दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको निजि विद्यालयले उत्पादन गरेका विद्यार्थी...

साथी शिक्षक र हेल्पलाई सम्मान 

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
/ पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका र साथी संस्था हेल्पको साझेदारीमा साथी शिक्षक कार्यक्रम त्रिपुरासुन्दरीको विभिन्न पाँच विद्यालयमा कार्यन्वयनमा छ।प्राथमिक तहमा अङ्ग्रेजी र गणित विषय अध्यापन गर्न दस जना साथी शिक्षकहरु हेल्पले दुई बर्ष अगाडि देखि उपलब्ध गराएको छ।जसको कारण अङ्ग्रेजी र गणित विषयमा कमजोर विद्यार्थीहरु हेल्पको साथी शिक्षक कार्यक्रमबाट लाभान्वित भइ गुणस्तर अभिवृद्धिमा समेत टेवा पुगेको छ।शैक्षिक सामाग्रीको साथमा सधै शिक्षण क्रियाकलापमा सहभागी हुने साथी शिक्षकहरुले विद्यार्थीहरुको पठनपाठनमा सुधार ल्याउन होम भिजिट गरि अभिभावक र विद्यार्थीहरुलाइ सल्लाह सुझाव तथा पृष्ठपोषण समेत दिदै आएका छन। सिकाइमा टेवा पुग्ने खाले विभिन्न अतिरिक्त क्रियाकलाप गरि विद्यार्थीहरुलाइ जिज्ञासु बनाइ सहजीकरण गराइएका हुन्छन् ।साथी शिक्षक कार्यक्रम भएर नै अहिले त्रिपुराका विद्यालयमा शिक्षाको गुणस्तर बढाउ...

लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग नगर स्तरीय महिला सञ्जालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –५ चौतारा बागबजारमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर उपप्रमुख सीता थापाको प्रमुख आतिथ्य , वडा नम्बर –५ वडा अध्यक्ष शिव श्रेष्ठको विशेष आतिथ्यतामा,नगर महिला सञ्जालका अध्यक्ष जानुका पराजुलीको सभाध्यक्षतामा र अधिबक्ता चन्द्रकुमार बस्नेतको सहजीकरणम कार्यक्रम भएको हो ।लैङ्गिक हिसामा पुरुष, महिला, जेष्ठ नागरिक वा वालबालिका जो कोहि पनि पर्नु हुदैन भन्ने कार्यक्रमको उदेश्य रहेको उपप्रमुख थापाले बताउनुभयो ।लैङ्गिक हिंसा महिला हिंसा मात्र हैन भन्ने बुझाईको विकास गर्नु अनिवार्य भैसकेको उहाँको भनाइ छ । यो महत्वपुर्ण अभियानमा धेरै पुरुष दाजुभाईलाई सहभागी गराउने कोसिस गरिएको उपप्रमुख थापाले बताउनुभयो । १, २, ३, ५, ९ र १० नम्बर...

जय बागेश्वरी माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका –३ पाल्चोक स्थित जय बागेश्वरी माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । शनिबार कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले विद्यालयलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यस आर्थिक बर्षमा पाल्चोकमा ९–१० वटा योजना रहेको बताउँदै आगामी दिनमा अझै बजेट बिनियोजन गरि विकासको काम काम गरिने बताउनुभयो । अहिले बजेट नपरेको स्थानलाई ध्यान दिने प्रतिबद्धता ब्यत्त गर्नुभयो ।   उहाँले खेलकुद मैदानको लागि आगामी बर्ष बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अन्य सामग्री, शिक्षक लगायत पनि सहयोग गर्नेे बताउनुभयो । उहाँले खेल सामग्री केहिदिनमै सहयोग गर्ने बताँउदै तिनै तहको सरकार मिलेर शिक्षा क्षेत्र सुधारमा लाग्नु पर्ने बताउनुभयो । उहाँले अरुले सहयोग नगरे आफैंले कम्प्युटर मर्मत लगायत ...

सिन्धुपुरानागाउँ माविको हीरक महोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
   सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोटको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् मेलम्ची नगरपालिकाकाका प्रमुख आइतमान तामाङले कार्यक्रमको उद्घाटन गर्दै ७५औँ जन्म जयन्ती ( हीरक महोत्सव ) मनाउँदै गर्दा नेपाल सरकारको उच्च पदमा पुग्न सफल यस विद्यालयका पुर्व विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको उहाँले बताउनुभयो । उहाँले नगरपालिका भित्र शिक्षामा कसरी परिवर्तन गर्न सकिन्छ भनेर १३ वटै वडा भित्रका प्रधानाध्यापक हरुसँग अन्तर्कृया गरि सुझाब संकलन गरेको बताउनुभयो । उहाँले कुनै विद्यालयमा बिज्ञ भनेर नियुक्ती समेत गरेको बताउनुभयो । तामाङले नगरपालिकाको शिक्षा समितिले पठनपाठनको बिषयमा अनुगमनलाई तिब्रता दिँदै अनुगमनको क्रममा भेटिएका कमि कमजोरी लाई समाधान गर्दै गएको बताउनुभयो । नगर पालिका भित्रका केही विद...

युट्युब व्यवस्थापनका लागि काउन्सिलले सुरु गर्‍यो आचारसंहिता अभिमुखीकरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ । बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा युट्युब सञ्चालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री सम्प्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाउँनु भएको थियो । उहाँहरूले डिजिटल माध्यममार्फत सूचना सम्प्रेषण कार्यमा सहयोग नभएको गुनासो गर्नु भएको थियो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आचारसंहिता पालना गर्दै पत्रकारिता गर्ने हो भने सञ्चारका सबै क्षेत्रबाट साथ सहयोग हुने बताउँदै काउन्सिलले युट्युबरका समस्यामा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउनुभयो ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स...

इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशन स्थगित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाकापाँचौ अधिवेशन आज स्थगित भएको छ । गणपुरक संख्या ५१ प्रतिशत संख्या आवश्यक पर्नेमा नपुगेपछि अर्को अधिवेशन माघ ७ गते ११ बजेलाई आह्वान गरिएको छ । मङ्सिर २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आज बैठक बस्ने मिति तोकिएको थियो । पौष २५ गते बसेको बैठकमा केहि कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि आज बिहानलाई बोलाइएको बैठकमा आउन नसक्ने सुचना पाएको अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । प्रत्येक ६–६ महिनामा सभा सन्चालन गर्नुपर्ने भएकाले सभा अगाडि बढाइएको बताउँदै स्थगित गर्नुको कुनै औचित्य नहुने स्पष्ट पार्नुभयो । इन्द्रावतीको समृद्धि हामी सबैको परिकल्पना भएकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले सबैको जिम्मेवारी उत्तिकै रहेको स्पष्ट पार्नुभयो । सभामा सभाका सचीव एवम् इन्द्रावती गाउँपालिकाका प्रम...