सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका –३ पाल्चोक स्थित जय बागेश्वरी माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । शनिबार कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले विद्यालयलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले यस आर्थिक बर्षमा पाल्चोकमा ९–१० वटा योजना रहेको बताउँदै आगामी दिनमा अझै बजेट बिनियोजन गरि विकासको काम काम गरिने बताउनुभयो । अहिले बजेट नपरेको स्थानलाई ध्यान दिने प्रतिबद्धता ब्यत्त गर्नुभयो ।
उहाँले खेलकुद मैदानको लागि आगामी बर्ष बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अन्य सामग्री, शिक्षक लगायत पनि सहयोग गर्नेे बताउनुभयो । उहाँले खेल सामग्री केहिदिनमै सहयोग गर्ने बताँउदै तिनै तहको सरकार मिलेर शिक्षा क्षेत्र सुधारमा लाग्नु पर्ने बताउनुभयो । उहाँले अरुले सहयोग नगरे आफैंले कम्प्युटर मर्मत लगायत काम गरिदिने बताउनुभयो ।
हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले विद्यालयले सुधार्न पर्ने कुरा सुधार गर्नुपर्ने बताउँदै उहाँले पालिकाले ठूलो रकम शिक्षामा खर्च गरेको बताउनुभयो । विद्यालय अनुगमन संयोजक मार्फत स्कुलका समस्या यथार्थ आउने र त्यसको समाधान गरिने बताउनुभयो ।
कार्यक्रममा हेलम्बु –३ का अध्यक्ष दिपक खडका, गाउँपालिका विद्यालय अनुगमन संयोजक नेत्र भट्टराई लगायतले शुभकामना सहित शिक्षा सुधारमा सदैव साथमा रहने प्रतिबद्धता व्यत्त गर्नुभयो । विद्यालयको प्रतिवेदन प्रधानाध्यापक रामगोपाल श्रेष्ठले प्रस्तुत गर्नुभयो । उहाँले थप शिक्षक , खेल मैदान , स्कुल नर्स , सरस्वती मन्दिर लगायतमा सहयोग गर्न प्रमुख अतिथिलाई आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुको सांगीतिक प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो ।
