सम्पर्क

इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशन स्थगित

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाकापाँचौ अधिवेशन आज स्थगित भएको छ । गणपुरक संख्या ५१ प्रतिशत संख्या आवश्यक पर्नेमा नपुगेपछि अर्को अधिवेशन माघ ७ गते ११ बजेलाई आह्वान गरिएको छ । मङ्सिर २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आज बैठक बस्ने मिति तोकिएको थियो । पौष २५ गते बसेको बैठकमा केहि कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि आज बिहानलाई बोलाइएको बैठकमा आउन नसक्ने सुचना पाएको अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । प्रत्येक ६–६ महिनामा सभा सन्चालन गर्नुपर्ने भएकाले सभा अगाडि बढाइएको बताउँदै स्थगित गर्नुको कुनै औचित्य नहुने स्पष्ट पार्नुभयो । इन्द्रावतीको समृद्धि हामी सबैको परिकल्पना भएकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले सबैको जिम्मेवारी उत्तिकै रहेको स्पष्ट पार्नुभयो । सभामा सभाका सचीव एवम् इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले आफु इन्द्रावती गाँउपालिकामा आए पछीको आफ्नो पहिलो बैठक भएकाले यँहाको स्थिती र केही कुरामा असन्तुष्टी भए यस तर्फ सबैले सुधार गर्देै लैजाने बताउँनुभयो । उहाँले सभामा उपस्थित संख्याले प्रशासन क्षेत्रमा केहि कमजोरी रहेको औल्याउँनु स्वभाविक भएकाले आगामी दिनमा सबैलाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । सभामा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले कानुनी ब्यबस्थाको बारेमा जानकारी गराउनु हँुदै सभा स्थगित भएको जानकारी दिनु भएको भएको थियो ।