चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग
नगर स्तरीय महिला सञ्जालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –५ चौतारा बागबजारमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर उपप्रमुख सीता थापाको प्रमुख आतिथ्य , वडा नम्बर –५ वडा अध्यक्ष शिव श्रेष्ठको विशेष आतिथ्यतामा,नगर महिला सञ्जालका अध्यक्ष जानुका पराजुलीको सभाध्यक्षतामा र अधिबक्ता चन्द्रकुमार बस्नेतको सहजीकरणम कार्यक्रम भएको हो ।
लैङ्गिक हिसामा पुरुष, महिला, जेष्ठ नागरिक वा वालबालिका जो कोहि पनि पर्नु हुदैन भन्ने कार्यक्रमको उदेश्य रहेको उपप्रमुख थापाले बताउनुभयो ।लैङ्गिक हिंसा महिला हिंसा मात्र हैन भन्ने बुझाईको विकास गर्नु अनिवार्य भैसकेको उहाँको भनाइ छ । यो महत्वपुर्ण अभियानमा धेरै पुरुष दाजुभाईलाई सहभागी गराउने कोसिस गरिएको उपप्रमुख थापाले बताउनुभयो । १, २, ३, ५, ९ र १० नम्बर वडाहरुमा कार्यक्रम गरिएको थियो ।
