सम्पर्क

साथी शिक्षक र हेल्पलाई सम्मान 

/ पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिका र साथी संस्था हेल्पको साझेदारीमा साथी शिक्षक कार्यक्रम त्रिपुरासुन्दरीको विभिन्न पाँच विद्यालयमा कार्यन्वयनमा छ।प्राथमिक तहमा अङ्ग्रेजी र गणित विषय अध्यापन गर्न दस जना साथी शिक्षकहरु हेल्पले दुई बर्ष अगाडि देखि उपलब्ध गराएको छ।जसको कारण अङ्ग्रेजी र गणित विषयमा कमजोर विद्यार्थीहरु हेल्पको साथी शिक्षक कार्यक्रमबाट लाभान्वित भइ गुणस्तर अभिवृद्धिमा समेत टेवा पुगेको छ।शैक्षिक सामाग्रीको साथमा सधै शिक्षण क्रियाकलापमा सहभागी हुने साथी शिक्षकहरुले विद्यार्थीहरुको पठनपाठनमा सुधार ल्याउन होम भिजिट गरि अभिभावक र विद्यार्थीहरुलाइ सल्लाह सुझाव तथा पृष्ठपोषण समेत दिदै आएका छन। सिकाइमा टेवा पुग्ने खाले विभिन्न अतिरिक्त क्रियाकलाप गरि विद्यार्थीहरुलाइ जिज्ञासु बनाइ सहजीकरण गराइएका हुन्छन् ।साथी शिक्षक कार्यक्रम भएर नै अहिले त्रिपुराका विद्यालयमा शिक्षाको गुणस्तर बढाउन सहयोग पुगेको साथी शिक्षक कार्यक्रम लागू भएको विद्यालयका प्रधानाध्यापक ,शिक्षक ,विद्यार्थी र अभिभावकहरु बताउनुहुन्छ।त्रिपुरासुन्दरीको मंगलामाइ माबिमा पनि कक्षा १ देखी ५ कक्षा सम्म अङ्ग्रेजी विषय अध्यापन गर्न संजय रमौली मगर हुनुहुन्छ भने गणित विषय अध्यापन गराउन बिष्णु मिजार हुनुहुन्छ । उहाँहरुले कक्षा कोठामा आफुले अध्यापन गराउने विषयको शैक्षिक सामग्रीहरुले सजावट गर्नुभएको छ।जसबाट विद्यार्थीहरुले हेरेर सिक्ने वातावरण भएको छ।संजय सर र बिष्णु सर भने पछि विद्यार्थीहरु पनि असाध्यै रमाउछन।कक्षा ६ मा पुगेका विद्यार्थीहरु पनि यो कुरा त हामिलाइ संजय सर र बिष्णु सरले गतवर्ष नै सिकाएको भन्छन् ।दिगो सिकाइ हुनेगरी अध्यापन गराउने साथी शिक्षक कार्यक्रम त्रिपुरामा फलदायी भएको छ।मंगलामाइ माबिले आफ्नो स्थापना को ६२औ वार्षिक उत्सव तथा अभिभावक समारोह पौष २५ गते भब्यरुपमा सम्पन्न गरेको छ। शिक्षाको गुणस्तर उकास्न सहयोग गर्ने र साथी शिक्षक कार्यक्रम सहयोग गर्ने संस्था हेल्पलाई सम्मान गरिएको छ। साथी शिक्षक बिष्णु मिजार लाई उत्कृष्ट शिक्षक अवार्ड बाट सम्मानित गरिएको छ। हेल्प संस्था र साथी शिक्षक मिजारलाई प्रमुख अतिथि नेपाल सरकारको स्वास्थ तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत , बिशिस्ट अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा , बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपाल तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सभाअध्यक्ष लालबहादुर श्रेष्ठ लगायतका अतिथिहरु,शिक्षक ,विद्यार्थी ,अभिभावकहरुको भब्य उपस्तिथिमा सम्मान गरिएको थियो।