आयुर्वेद औषधीको माग बढ्रदै गएको बेला प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म) सचेतना मुलक कार्यक्रम गरेको छ । पोष २५गते प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले एक कार्यक्रमका बिच उद्धघाटन भएको कार्यक्रम २७ गते समापन भएको हो ।
ट्राफिक र अन्य प्रहरीहरुलाई वायु प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्याबारे सचेतीकरण, रोकथाम तथा व्यवस्थापन गर्न सहयोग पुर्याउने मुख्य उद्धेश्यले शुरु गरिएको तिन दिने कायक्रममा ट्राफिक प्रहरी ७ जना र अन्य सुरक्षाकर्मी ३५ जना गरी ४२ जना सहभागी रहनु भएको थियो ।कार्यक्रम आयुर्वेद चिकित्सा सेवा प्रदान गर्ने संस्थाहरुबाट पाइने सेवाहरु,नश्यकर्म, नेति र योगको बारेमा जानकारी गराइएको थियो भने योगका विभिन्न क्रियाकलापहरुको अभ्यास, जडिबुटी र यसको उपयोगको सम्बन्धमा जानकारी गराउँदै स्वस्थ जीवनशैली सम्बन्धी सचेतना गराइएको थियो । सो अबशरमा जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका कार्यालय प्रमुख डा. अञ्जु कार्कीले आयुर्वेदिय जीवनशैली र जडिबुटी बाट हुने फाइदा र नश्यकर्म सम्बनधी अभ्यास गराउँदै जिल्ला स्थित आयुर्वेद संस्थाहरु र प्रदान गरिने सेवाहरु बारेमा जानकारी गराउँनु भएको थियो । कार्यक्रममा स्वास्थ्यमा चुनौति एवं व्यवहार परिवर्तन बारे मा समेत डा कार्कीले जानकारी दिनु भएको थियो । यसै गरी चौतारा अस्पतालको मे.सु. डा. गगन अधिकारीले वायु प्रदुषणको कारण, मानव स्वास्थ्यमा पार्ने असरहरु र बच्ने उपायहरुका बारेमा जानकारी गराउँनु भएको थियो भनेजिल्ला आयुर्वेद स्वास्थ केन्द्रका डा. जेनिशा सापकोटाले योग, नश्यकर्म र नश्यकर्र्मको परिचय बिषयमा जानकारी गराउँनु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई नेति गर्नको लागि आवश्यक नेतिपट तथा आँखाको सुरक्षाको लागि आवश्यक पर्ने चश्मा समेत वितरण गरिएको थियो ।
