सम्पर्क

प्याब्सन द्धारा बार्षीक साधारणसभा को अबशरमा सम्मान

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिन्धुपाल्चोकले जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठलगाएतलाइ सम्मान गरेको छ ।
प्याब्सनको बार्षीक साधारणसभा को अबशर पारेर जिल्ला सम्मन्वय प्रमुख श्रेष्ठलाइ सिन्धु बिच रिसोर्टमा एक समारोहका बिच आइतबार सम्मान गरेको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको जिल्लाको सुकुटेस्थित सिन्धुबिच रिसोर्टमा सम्पन्न वार्षिक साधारणसभा मा नेपाल पत्रकार महासंका उपाध्यक्ष दिनेस थापालाइ पनी सम्मान गरिएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले तलव भन्दा बढी मिहेनत र मिहेनत भन्दा बढी बिश्वास गरेर निजि विद्यालयका शिक्षकहरु काममा खट्ने गरेको दावी गर्नुभयो ।
उहाँले दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको निजि विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले अहिले पनि उच्च र प्रशंंसनिय कार्य गरिरहेको बताउनुभयो । प्रमुख अतिथि अधिकारीले सरकारले विभिन्न शिर्षकमा निजि विद्यालयलाई विभेद गरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
उहाँले अब सिन्धुपाल्चोकमा मोडल विद्यालय स्थापन गरेर अगाडि बढाउन सुझाव दिदै जिल्लामा देखिएको सहकार्यले आफुलाई खुशी लागेको बताउनुभयो । अबको विद्यार्थी हरुको शिक्षालाई सिप संग र सिपलाई शिक्षा संग जोडेर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो ।शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको शैक्षिक स्थिति हेर्दा संस्थागत विद्यालयले उत्कृष्ट अंक ल्याउन सफल भएको बताउनुभयो । उहाँले आफुले कहिल्यै पनि संस्थागत र सामुदायिक विद्यालय भनेर विभेद नगरेको उल्लेख गर्दै सधैंभरि हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।उहाँले स्थानीय सरकार संग समन्वय गर्दै अगाडि बढ्न पर्ने उल्लेख गर्दै दक्ष विद्यार्थी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने निजि विद्यालयलाई पनि स्थानीय सरकारले संगै जोड्दै लैजान पर्ने बताउनुभयो ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन बागमती प्रदेशका सचीव ऋषिराम नेपालले प्याब्सन भित्र रहेका समस्या तथा चुनौतीलाई चिर्दै अगाडि बढ्नका लागी सुभकामना व्यक्त गर्नुभयो ।उहाँले निजी तथा आवासीय विद्यालयको बर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै नेपालले शिक्षालाई संस्कार र जिविकोपार्जन संग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा,अनेरास्ववियु सिन्धुपाल्चोकका संयोजक शितल मोक्तान,अनेरास्ववियु क्रान्तिकारी सिन्धुपाल्चोकका सचीव सुवास गौतम लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा सांगठानिक प्रतिवेदन सचीव बुद्धिप्रसाद आचार्य र आर्थिक प्रतिवेदन प्याब्सनका कोषाध्यक्ष मदनकुमार सापकोटाले प्रस्तुत गर्नुभयो ।सिन्धुपाल्चोक जिल्लाका करिब २७ वटा निजि विद्यालय रहेको जिल्लामा १९ वटा विद्यालय प्याब्सनमा आबद्ध रहेको सचीव बुद्धिप्रसाद आचार्यले जानकारी दिनुभयो ।कार्यक्रमको समापन गर्दै उप्रेतीले निजी बिद्यालयहरु म शिक्षा सिकाइमा अगाडी भए पनी सरकारले हेर्ने दृष्टीकोण पछाडी परेकोमा दुखेसो पोख्दै निजी बिद्यालयलाइ पनी शिक्षा सिकाइ उपलब्धीका आधारमा सरकारले पुर्ण सहयोग गर्नु पर्ने बताउँनु भयो । उँहाले स्थानीय स्तरमा गुण स्तरिय शिक्षा दिनु हाम्रो पहीलो दाइत्व भएकाले हरेक प्रकारका समस्याहरु सँग जुध्दै गुणस्तरिय शिक्षा सिकाइमा निजी बिद्यालयहरु लागी परेको बताउँनु भयो । कार्यक्रममा राससका देवराज सुबेदी,लोकप्रियसमाचार राष्टीय दैनिक तथा रेडीयो लोकप्रिय नेत्रज्योतीका नेत्र बहादुर बस्नेत, त्यसै गरी सगरमाथा टेलिभिजनका दिपीन ढुङ्गना, रेडीयो जुगलका सुनीता लामा लगाएत सञ्चार कर्मीहरलाइ मायाँको चिनो समेत प्रदान गरिएको थियो ।