सम्पर्क

हेलम्बु ले गर्यो अपाङ्गता शिवीर

देवराज सुवेदी मेलम्ची,
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले आइतबार अपाङ्गता भउका मानीसहरको लागी परिचय पत्रको ब्यवस्थ ागर्नका लागी शिबीर सञ्चालन गरेको छ । हेलम्बु गाँउपालिकाको आयोजना तथा आर.सि. आर.डि. नेपाल, भक्तपुरको प्राविधिक सहयोगमा अपाङ्गता जाँच तथा परिचय पत्र वितरण शिविर भएको हो । हेलम्बु गाउँपालिकाका सबै वडाका नागरिकलाई समेटेर किउलमा सञ्चालन भएको हो । उक्त कार्यक्रममा परिचयपत्र पाउन छुटेका करिब ६० जना विविध अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र लिन स्वास्थ्य जाँच गराएका स्वास्थ्य शाखा प्रमुख बिदुर ज्योतीले जानकारी दिनु भयो ।