सम्पर्क

आर्थीक स्थिती सुधारमा सहकारी सस्थाहरुको ठुलो भुमिका हुन्छ ः मन्त्री चित्रकार

देसको आर्थीक स्थिती सुधारमा सहकारी सस्थाहरुको ठुलो भुमिका रहेको उद्योग, बाणीज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बताउँनु भएको छ। उँहाले राजधानीमा आयोजित सहकारी सस्थाहरुको साधरण सभाको उद्धघाटन गर्देै यस्तो बताउँनु भएको हो । उँहाले खाशगरी स्थानीय स्तरमा रोजगारीको श्रुजना गर्दै छरीएर रहेका पँुजी रकमहरु सङ्कलन गर्दै एक ठाँउमा जम्मा गरेर एक मुष्ट बनाएर पुन जोबाट सङ्कलन गरेको हो त्यसैलाइ एकमुष्ट बनाएर उद्योग तथा कुनै व्यवसाय सञ्चालन गर्ने बाटो खोलीदीने सहकारी भएकाले यसको सही सदुपयोग गरिनु पर्ने बताउँनु भयो । उँहाले केही माफीयाहरुका कारण सहकारी प्रती नागरिकले हेर्ने दुष्टीकोणमा फरक स्थिती पैदा हुन थालेकोले यस प्रती चनाखो रहन पर्ने भन्दै सहकारी सस्थाका शेयर सदस्यहरु निस्क्रीय रहँदा सञ्चालकको मनोमानी बढ्ने भएकाले अनीबार्यरुपमा शेयर सदस्यहरुले समय समयमा आफ्नो बचत रकम कहाँ कसरी लगानी भएको छ भन्ने बारेमा जानकार हुन पर्ने बताउँनु भयो । त्यसैका लागी बर्षको एक पटक अनीबार्यरुपमा साधरण सभा राख्नु पर्ने नियम भएको समेत उँहाले बताउँनु भयो । उँहाले यही शुक्रबार सामुदायिक बहुउद्धेश्यीय सहकारी सस्था ललितपुर१४ ,यती बचत तथा क्रृण सहकारी सस्था ललितपुर ९ र मण्डला बचत तथा क्रृण सहकारी सस्था ८को छुट्टा छुट्रै साधरण ससभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।