सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका ७मा रहेको ज्ञान मन्दीर नमुना माध्यमिक बिद्यालयका पुर्ब बिद्यार्थीहरुको अधिबेशनले पुर्ब बिद्याथी जनकराज गिरीको अध्यक्षतमा १५ सदस्यीय नँया कायसमिती निर्वाचित गरेको छ । समाजका अध्यक्ष नेत्र प्रसाद धितालको सभापतीत्वमा भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सिता थापाको प्रमुख अतिथ्यतामा र वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामाङ्गको बिशेष अतिथ्यतामा पोष २९गते भएकोभूतपूर्व विद्यार्थी समाज ज्ञानमन्दिर नमुना मावि मेलचौर सिन्धुपाल्चोकको नवौं बार्षिक साधारण सभा तथा चौथौं अधिबेशन ले अध्यक्षमा जनकराज गिरीउपाध्यक्षमा खीलबहादुर दंगाल,सचिवमा यमराज विक,कोषाध्यक्षमा सावित्री कार्की दंगाल,सहसचिवमा सावित्री दंगाल, र सदस्यहरुमा ओमकुमार श्रेष्ठ,शम्भूप्रसाद दंगाल,सुनिल तमाङ, प्रवीण दंगाल, कृष्णहरी दंगाल, धुव्र घोरासैनी,रन्जु श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले कार्यक्रमको उद्धघाटन गर्दै ज्ञानमन्दीर नमुना माबीले दिएको गुणस्तर शिक्षाका कारण यँहा अध्ययन गरेका पुर्ब बिद्यार्थीहरु उच्च पदमा पुग्न सफल भएको बताउँनु भयो ।
बिशेष अतिथी वडा नं. ७ का वडा अध्यक्ष डम्बरबहादुर तमाङले यस वडाको ज्ञान मन्दीर माबीको शिक्षा सिकाइले आफुलाइ सन्तुष्ट दिलाएको बताउँदै वडा बाट गर्न पर्ने हरेक सहयोग गरिरहेको र गुणस्तरिय शिक्षा सिकाइका लागी आफ्नो तर्फबाट र वडाको तर्फबाट श्रोत र साधनले भ्याए सम्म सहयोग गरिरहने बताउँनु भयो । ज्ञान मन्दीर नमुना माबीका प्रअ पुन्य गजुरेलले शिक्षा सिकाइको उपलब्धीका लागी पुर्ब बिद्याथीहरुको सल्लाह सुझाबको आबश्यकता परिरहने बताउँनु भयो । कार्यक्रममा बिव्यस अध्यक्ष रामकृष्ण दङ्गाल,पुर्ब वडाअध्यक्ष उमा प्रसाद दुलाल, मालीका देबी सामुदायक सिकाइ कमेन्द्रका अध्यक्ष तथा शिक्षा बिद यज्ञ प्रसाद दङ्गाल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा पुर्ब बिव्यस अध्यक्ष नेत्र प्रसाद दङ्गाल । टङ्क प्रसाद दुलाल लगाएत पुर्ब बिद्यार्थी समाजका मानार्थ, आजीवन र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । नेत्र प्रसाद धितालको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन यमराज विकले गर्नु भएको थियो भने पुर्ब बिद्यार्थीहरुले बिभिन्न सास्कृती कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
