सम्पर्क

गठबन्धनलाइ जिताउँन अपील

जिल्ला स्तरिय लोकातन्त्रीक गठबनधनको बैठकले गठबन्धनका उम्मेदवारलाइ जिताउँन अनुरोध गरेको छ । लोकतान्त्रकि गठबन्धन सिन्धुपाल्चोकको मङ्गल बार बसेको बैठकले यस्तो अनुरोध गरेको हो । नेपाली काँग्रेस जिल्ला सभापती जङ्ग बहादुर लामा, नेकपा माओबदी सिन्धुपाल्चोकको संयोजक गोबीन्द पराजुली ,नेकपा समाजबादीका केन्द्रिय सदस्य सोम सापकोटा,जनता समाजबादी पाटी सिन्धुपाल्चोकका अध्यक्ष जगत बहादुर लामा ले सयुक्त रुपमा अपील समेत जारी गर्नु भएको छ । यस अघी काटी कार्यलयमा भएको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका जिल्ला सदस्य बिनोद तामाङ्गले जानकारी दिनु भयो । उँहाका अनुसार नेपाली काँग्रेसको जिल्ला कार्य समितीको कार्यलय बिपी अध्ययन केन्द्र चौतारामा बसेको सयुक्त बैठकले आगामी माघ ११गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदावारलाइ बिजय गराउँन आआफ्नो स्थानबाट सबै लागी पर्ने निर्णय समेत भएको छ ।