सम्पर्क

ब्रेकिङ न्युज १

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति पुनर्लेखन गर्नुपर्ने माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
बासु खड्का ,काठमाडौं, असार ६ – मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा सांसदहरुले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र विधेयकमा दर्जनौँ प्रावधान सच्याउने प्रतिबद्धता जनाएका छन् ।अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको, संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गर्न खोजेको विज्ञहरुको टिप्पणी रहेको छ ।पत्रकार महासंघका पूर्व अध्यक्ष डा. शुरेस आचार्यले अहिलेको राष्ट्रियसभाको विधायन समितिमा रहेको विधेयक जस्ताको तस्तै पारित भए मिडिया जगत...

स्काउटको ७३ औँ स्थापना दिवसका अवसर सिन्धुपाल्चोकमा विविध कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
  नेपाल स्काउटको ७३ औँ स्थापना दिवसका अवसरमा सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसका अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत सक्रिय रुपमा स्काउट सञ्चालन भएका विद्यालयहरु वडा नं. ९ मा रहेको गोल्मादेवी स्काउट ट्रुपले स्थापना दिवसको अवसरमा चोक चोकमा फोहोर संकलन डस्टविन राख्ने र सार्वजानिक स्थल सडक आसपास, मन्दिर र छोर्तेनमा सरसफाई गरी समुदायमा स्काउट कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । त्यस्तै वडा नं. ५ मा रहेको कृष्णरत्न गंगा स्काउट ट्रुप र जुगल बोर्डिङ स्काउट ट्रुपले सोही वडामा रहेको कृष्ण आ.विका आवासगृहमा रहेको बौदिक अशक्तहरुलाई खाद्यान्न वितरण गरिएको छ । वडा नं. ७ मा रहेका सिद्धिगणेश स्काउट ट्रुपले वडा नं. ५ मा रहेको वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ । ’नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद...

बिपद व्यवस्थापनका लागि बाह्रबिसे नगर सचेत छौंः नगरप्रमुख बस्नेत

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका बिपद व्यवस्थापनका लागि सचेत रहेको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो । उहाँले बिपद व्यवस्थापन तथा बिपदमा परेकाहरुको उद्धारका लागी प्रदेश र संघ सरकारले कुनै सहयोग नगरेकाले दुःख लागेको बताउँनु भयो । बाह्रबिसे नगरपालिका बर्षेपिच्छे बिपद आइपर्ने पालिका हो । उक्त नगरमा हरेक प्रकारका बिपदको व्यवस्थापनका लागी बिपदबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा नगरका नागरिकहरुलाई समय समयमा बिपद ब्यवस्थापनका लागी सुरक्षाकर्मीहरुद्धारा तालिमको समेत ब्यवस्था गरिएको नगरप्रमुख बस्नेतले बताउनुभयो । उहाँँले भन्नुभयो नदीको किनारामा रहेका नागरिकहरुलाई बाढी आउँदा कसरी बच्ने भन्ने बारेमा केही तालिम दिएको र सुरक्षित स्थानमा जानका लागी अनुरोध गरेका छौ । नगरपालिका भित्रका कुनै पनि नागरिकलाई कुनै समस्या नपरोस् भन्नका लागी हरेक वडाका अध्यक्षहरु वडाका पदाधिकारीहरु सबैलाई बिपद ...

इन्द्रावतीमासुझाब सङ्कलन सुझावका आधारमासमृद्ध पालिका बनाउँने

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
देवराज सुबेदी सिन्धुपाल्चोक जिल्लाको यन्द्रावती गाँउपालिकाले आर्थिक बर्ष २०८१÷८२को निति तथा कार्यक्रम का लागी पालिका भित्र रहनु भएका बिशेष ब्यक्तीत्व पुर्ब पालिका अध्यक्षहरु सहीतलाइ निमन्त्रणा गरेरसुझाव संकलन गरेको छ । सुझाब सङ्कलन कार्यक्रमका प्रमुख अतिथि पुर्व गृह राज्यमन्त्री बिष्णुविक्रम थापाले बिदेशी भाषा भन्दापनि हाम्रै देशको भाषा,संस्कृतीलाई संरक्षण र रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउँनु भयो । उँहाले पालिकाले ल्याएको निति तथा कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले पालिका परिवार ,विभिन्न राजनीतिक दल र कर्मचारी सबै मिलेर आफैंले आफ्नो पालिका बनाउने कुरामा एक ढिक्का हुन आग्रह गर्नुभयो । असल नागरिक बनाउने तर्फ पालिका अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले । संघ र प्रदेशको तुलनामा स्थानीय तहले राम्रो काम गरेको थापाको दावि थियो । पालिकाको निति तथा कार्यक्रम उत्कृष्ट भएकाले यसलाई पुरा ग...

स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ४ असारः सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने ? यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय सरकार अर्थात् जनप्रतिनिधि ‘छिटो र द्रुतगतिमा सेवा दिनुपर्छ, नियम–कानुन मिल्दै जान्छ’, भन्ने तर्क राख्दछन् र स्थानीय प्रशासन ‘ऐन कानुनको परिधिमा रहेरमात्र सेवा दिनुपर्छ’, भन्ने मान्यता लिन्छन् । सङ्घीयताको मर्म पनि सार्वजनिक सेवा प्रवाह गर्ने यी निकायबीचमा सहकार्य र समन्वय अतिआवश्यक हुन्छ भन्ने रही आएको बताइन्छ । चन्द्रागिरि नगरपालिका र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यही दुई नेतृत्वलाई समन्वयात्मक रूपमा कसरी अगाडि बढाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा नयाँ अभ्यासको थालनी गरेका छन् । आइतबार सार्वजनिक बिदाका दिन प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका उच्च नेतृत्व, नगरपालिकाका जननिर्वाचित नेतृत्व...

बुद्धोदय माबी लिसंखुपाखरमा सरस्वती मन्दीर उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  प्रेम श्रेष्ठ लिसखुंपाखर, सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाँउपालिका वडा नं –२ मा रहेको बुद्धोदय माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिएको छ ।  साविक लिसंखु–२ का समाजसेवी दम्पती पासाङ तामाङ र धनमाया तामाङको करिब ७ लाख लगानीमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन पलसंखु पाखर गाँउपालिकाका अध्यक्ष राजु लामाले एक समारोहका बिच गर्नुभयो । सो अबशरमा लामाले हरेक वोलमा बसेर प्राणीहरुको रक्षा गरिरहनु भएको बिद्याको देबी सरस्वतीको मन्दस्र निर्माण सँगै अक्षयकोषको समेत व्यवस्थ गरिदिएकोमा सहयागी परिबारहरुलाए बिशेष धन्यबाद दिनु भयो । कार्यक्रमका बिशेष अतिथी मिठ्ठुदेवी लामा ले शिक्षा सिकाइमा उपलब्ध हासिल गर्नका लागी सबै मिलेर सहयोग गर्न पर्ने बताउँनु भयो । सो अबशरमा ५० हजारको अक्षयकोष स्थापना गरिएकामे छ ।समाजसेवी वुद्धिजीवी लगायतको उपस्थितिमा भएको कार्यक्रममा तामाङ दम्पतीले प्रत...

दुव्र्यसन बिरुद्धको सचेतना कार्यक्रम र लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम बाह्रबिसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कर्थली र बाहबिसे ३ पँलातीमा रहेको क्षेमादेबी माध्यमिक बिद्यालयमा “दुव्र्यसन बिरुद्धको सचेतना कार्यक्रम“ र लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । दुबै बिद्यालयको कार्यक्रम बाह्रबिसे नगरपालिकाका उप–प्रमुख तथा बाह्रबिसे न्यायिक समितिको संयोजक मञ्जु तामाङको प्रमुख अतिथ्यतामा भएको हो । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख तथा न्यायीक समितीका संयोजक मन्जु तामाङले समाजमा रहेका हरेक मानिसको सोच सकारात्मक भयो भने कुनै पनि बिबाद झैझगडा नहुने, लागुऔषधको प्रयोग नहुने भएकाले पहिलो प्राथमिकता भनेकै समाजलाई सहि र सत्यको सोचमा राख्नु भएकाले यो कार्यक्रमको आबश्यकता भएकाले बिद्यालय स्तरबाट सकारत्मक सन्देस प्रबाह गर्न लागिएको बताउँनु भयो । उहाँले कानुनमा गल्ति...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
हेटौँडा (मकवापनुर), १ असार : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ । Budget-Baktabya प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गर्नुभएकोे बजेटमा चालुतर्फ रु २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ रु ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ । वित्तीय व्यवस्थातर्फ भने रु एक अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले जानकारी दिनुभयो । गत वर्ष प्रदेश सरकारले रु ६२ अर्ब र ७० करोड ९० ...

ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ । मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू-भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । “हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो, तर वर्षा सुरु नभई किन बन्द गर्ने भनेर सुचारु गरिरहेका छौँ,” उहाँले भन्नुभयो, ...

स्थानीय स्काउट परिषद प्रमुख आयुक्त तथा सदस्यहरूलाई सपथ ग्रहण

ब्रेकिङ न्युज १, समाचार
स्थानीय स्काउट परिषद प्रमुख आयुक्त तथा सदस्यहरूलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङको प्रमुख आतिथ्यता, बागमती प्रदेश प्रमुख आयुक्त शिवकुमार त्वायना, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख भगवती तिमल्सिना, स्थानीय प्रमुख आयुक्त, स्थानीय स्काउट परिषद सदस्यहरू लगायतको उपस्थितिमा कार्यक्रम मेलम्चीमा सम्पन्न भएको हो । कार्यक्रममा सम्पुर्ण स्थानीय स्काउट परिषदका सदस्यहरूलाई आफ्नो मर्यादामा प्रतिवद्द हुने गरि सत्य निष्ठा र सधै परोपकार गर्दै समाज र राष्ट्रका लागि काम गर्ने प्रेरणाका साथ सपथ ग्रहण गरेका छन । सपथ ग्रहण मेलम्ची नगरपालिका उपप्रमुख तथा स्थानीय स्काउट परिषद अध्यक्ष उमा प्रधानले गराउनुभयो । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङले स्काउटको संरक्षणमा आफू लाग्ने बताउनुभयो । नीति तथा कार्यक्र...