सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कर्थली र बाहबिसे ३ पँलातीमा रहेको क्षेमादेबी माध्यमिक बिद्यालयमा “दुव्र्यसन बिरुद्धको सचेतना कार्यक्रम“ र लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।
दुबै बिद्यालयको कार्यक्रम बाह्रबिसे नगरपालिकाका उप–प्रमुख तथा बाह्रबिसे न्यायिक समितिको संयोजक मञ्जु तामाङको प्रमुख अतिथ्यतामा भएको हो । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख तथा न्यायीक समितीका संयोजक मन्जु तामाङले समाजमा रहेका हरेक मानिसको सोच सकारात्मक भयो भने कुनै पनि बिबाद झैझगडा नहुने, लागुऔषधको प्रयोग नहुने भएकाले पहिलो प्राथमिकता भनेकै समाजलाई सहि र सत्यको सोचमा राख्नु भएकाले यो कार्यक्रमको आबश्यकता भएकाले बिद्यालय स्तरबाट सकारत्मक सन्देस प्रबाह गर्न लागिएको बताउँनु भयो । उहाँले कानुनमा गल्ति भयो जानिन भन्ने ठाउँ नभएकाले कुनै पनि गल्ती गर्न नहुने बताउँनु भयो । नगर न्यायिक समितिको आयोजनामा “दुव्र्यसन बिरुद्धको सचेतना कार्यक्रम“ भएको थियो भने नगरमहिला बालबालिका शाखाको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम भएको थियो । दुबै कार्यक्रम ईलाका प्रहरी कार्यालय बाह्रबिसेको सहजीकरणमा भएको थियो ।
नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा भएको कार्यक्रमको सभापतीत्व गरिरहनु भएका बिद्यालय ब्यवस्थपन समितप्का अध्यक्ष अजय तामाङले आफ्ना बिद्यालयमा आएर सानासाना बालबालिकालाई अती आबश्यक पर्नै कानुनी कुरा सिकइदिएकोमा नगरपालिका र प्रहरी कार्यलयलाइ बिशेष भन्यबाद दिनु भयो यसैगरी क्षेमादेबी मावि बाहबिसे पँलातीमा भएको कार्यक्रम बिद्यालयका साहयक प्रअ कमल प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक–शिक्षिकाहरु, बिधार्थी हरुको सहभागीता रहेको थियो भने दुबै बिद्यालयको दुबै कार्यक्रममा प्रहरी कार्यलयका तर्फबाट सरला श्रेष्ठले कानुनका बारेमा जानकारी दिनुभएको थियो ।
