सम्पर्क

स्वास्थ्य

केएमसी अस्पातलमा १०को निशुल्क उपचार

केएमसी अस्पातलमा १०को निशुल्क उपचार

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ र केएमसी अस्पताल बिच १०जनालाइ निशुल्क र थप अरुलाइ ५० प्रतिशत छुटमा उपचार गर्ने गरी दइ पक्ष बिच सम्झौता भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका बडा नंंः १४ र केएमसी अस्पताल बिच नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्यका साथ सम्झौता भएको वडा अध्यक्ष उद्धब नेपालले जानकारी दिनु भयो । उँहाका अनुसार दुइ पक्ष बिच शुक्रबार भएको सम्झौतामा चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ भित्र बसोबास गर्ने स्थानीय नागरिकहरूले केएमसी अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यस व्यवस्थाले नगरपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा कम खर्चमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।  त्यसैगरी, आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका वर्षेनी १० जना बिरामीलाई चौतारा स...
नेपालआदिवासी  जनजाति महासंघ १४ नंको कानुन सम्बन्धी अभिमुखीकरण सम्पन्न

नेपालआदिवासी जनजाति महासंघ १४ नंको कानुन सम्बन्धी अभिमुखीकरण सम्पन्न

अन्तर्वाता, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा न्याकि सम्बन्धी दुइदिने प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल आदिवासी  जनजाति महासङ्घ वडा सम्मन्वय परिषद द्धाराचौसागढी १४ को अशिने मा गरिएको दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपाल रहनु भएको थियो भने जिल्ला न्यायधिबक्ता भगवती देबी गौतम र जिल्ला बार एशोसियशन जिल्ला अदालत इकाइका अध्यक्ष भुपेन्द्र तामाङ प्रशिक्षक रहनु भएको थियो ।   कार्यक्रम वडा सम्मन्वय परिषदका अध्यक्ष शेरबहादुर श्रेष्ठको सभापतित्वमा भएको हो । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपालले गाँउका मानिसहरुलाई कानुन सम्बन्धमा धेरै कुराहरुको जानकारी नभइरहेको अबस्थामा यसरी गाँउ गाँउमा आएर कानुनी बिषयमा जानकारी गराइदिनने काम गरेकोमा आफुलाइ खुसी लागेको बताउँनु हँदे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४लाइ प्लाक्ष्टीक मुक्त ...
पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि दुवै स्थानीय तहले औपचारिक रुपमा पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, सामाजिक विकास समिति संयोजक काले गोले, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष नारायण भट्टराई लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै पूर्णखोपको अवस्थ...
त्रिपुरासुन्दरी  गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित

त्रिपुरासुन्दरी  गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित

#, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकालाई पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित एक विशेष कार्यक्रमकम बीच यो महत्वपूर्ण घोषणा गरिएको हो । कार्यक्रममा गााउँपालिकाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित र निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष गिताकुमारी नेपालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली , जनस्वास्थ्य कार्यालयका प्रतिनिधि ,निसान सापकोटा तथा विभिन्न वडाका अध्यक्षहरु सिताराम थापा , रमेश राउत, शिव कुमार कार्की , टेक बहादुर गुभाजु, यादप श्रेष्ठ र रमेश बोहराको उपस्थिति रहेको थियो । कार्यक्रममा रमेश बोहरा लगायतका स्थानीय प्रतिनिधिहर...
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
धरान (सुनसरी), २८ जेठः सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो ।  कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई उक्त पोसाक वितरण गर्नुभयो । पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत पूर्वका प्रमुख सहरमा ई–रिक्सा (सिटी सफारी) को सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर, दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । प्रहरीका अनुसार चालकको पहिचान सुनिश्चित गर्ने, यात्रुमा विश्वास अभिवृद्धि गर्ने तथा दु...
बाह्र्बिसेबासीको औषधी उपचारमा ५०प्रतिशत छुट

बाह्र्बिसेबासीको औषधी उपचारमा ५०प्रतिशत छुट

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज (प्ःऋ), दुवाकोटबीच स्वास्थ्यमा ५० प्रतिशत सम्म छुट दिने गरी सम्झौता भएको छ । सम्झौताअनुसार बाह्रबिसे नगरपालिका वासी बिरामीहरूले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा यही मिति २०८३÷३÷३० गते सम्म ५०% सम्म छुटमा उपचार पाउँने भएका छन भने २०८३÷३÷३१गते देखी २०८३÷१२÷३० गते सम्म २५ % छुट को व्यवस्था गरिएको नगर प्रमुख सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भयो उँहाका सम्झौतामा बिरामीलाइ अनुसार ओपीडीमा दर्ता निःशुल्क, सामान्य बेड शुल्कमा २५% छुट, क्याबिन शुल्कमा १०% छुट आइसियु एचडियु र सिसियु तथा ओटीमासेवा शुल्कमा २५% छुट प्राप्त गर्नेछन्। त्यसैगरी ल्याब परीक्षण, सिटी स्क्यान एमआरआइ एक्सरे युएसजी डेण्टल एक्सरे ,ओपीजी इसीजी इन्डोस्कपी Colonoscopy, NPL Procedure, ECHO, TMT, Holter, ABPM, EEG, NCT, NST nufotsf Diagnostic सेवाहरू...
सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

#, ब्रेकिङ न्युज १, शिक्षा, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाका  राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्व तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक र व्यवस्थापन  सहयोगमा सुनकोशी गाँउपालिकामा आयोजित तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट  महिला ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। तालिममा अवधिभर सनुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, खोप, सरसफाइ तथा स्वस्थ्य सचेतजा सम्बन्धी विभिन्न विषयमा सहभागीहरुलाई प्रशिक्षण् प्रदान गरिएको थियो । तालिमले स्वयंसेविकाहरुको ज्ञान, सीप र कार्यक्षमता विकासमा सहयोग पु¥याएको आयोजकको भनार्य छ । समापन कार्यक्रममा जनासवास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्र...
जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट

जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट

#, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, – उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि सिन्धुपाल्चोक जिल्लको बाह्रविसे नगरपालिकाभित्र सञ्चालित विभिन्न व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूमा आइतबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा सम्पन्न अनुगमनमा स्थानीय तह, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारसम्बन्धी संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीले खाद्यान्न पसल, होटल, औषधि पसल, मेडिकल तथा निजी स्वास्थ्य संस्थासहित ३९ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त ठहरिएका करिब ६ हजार ३ सय ३३ रुपैयाँ बराबरका सामग्री फेला परेपछि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरेका, सरसफाइमा प...
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सञ्जय तामागं,  सिन्धुपाल्चोक — उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय तहहरूसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक हलमा आयोजित कार्यक्रममा कार्यालय र स्थानीय तहबीच समन्वय गरेर सञ्चालन गर्न सकिने कार्यक्रमहरू तथा कार्यालयले प्रदान गर्दै आएका सेवाबारे जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयले व्यवसाय दर्ता, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, बजार अनुगमन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले उद्योग, वाणिज्य तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात र प्रक्रियाबारे जानकारी गराउनुका साथै विभिन्न स्थानीय तहमा कार्यालयले सम्पन्न गरेका गतिविधिहरू प्रस्तुत गर्नुभयो। इन्द्राव...
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २० दशमलव तीन प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९ दशमलव नौ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी हो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यवस्थापन गर्न राजस्वबाट रु १४ खर्ब पाँच अर्ब ३१ करोड तथा वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड प्राप्त हुने अनुमान गरिएको छ । यसबाट अपुग हुने रु...