सम्पर्क

बाह्र्बिसेबासीको ओषधी उपचारमा ५०प्रतिशत छुट

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज (प्ःऋ), दुवाकोटबीच स्वास्थ्यमा ५० प्रतिशत सम्म छुट दिने गरी सम्झौता भएको छ । सम्झौताअनुसार बाह्रबिसे नगरपालिका वासी बिरामीहरूले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा यही मिति २०८३÷३÷३० गते सम्म ५०% सम्म छुटमा उपचार पाउँने भएका छन भने २०८३÷३÷३१गते देखी २०८३÷१२÷३० गते सम्म २५ % छुट को व्यवस्था गरिएको नगर प्रमुख सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भयो उँहाका सम्झौतामा बिरामीलाइ अनुसार ओपीडीमा दर्ता निःशुल्क, सामान्य बेड शुल्कमा २५% छुट, क्याबिन शुल्कमा १०% छुट आइसियु एचडियु र सिसियु तथा ओटीमासेवा शुल्कमा २५% छुट प्राप्त गर्नेछन्। त्यसैगरी ल्याब परीक्षण, सिटी स्क्यान एमआरआइ एक्सरे युएसजी डेण्टल एक्सरे ,ओपीजी इसीजी इन्डोस्कपी Colonoscopy, NPL Procedure, ECHO, TMT, Holter, ABPM, EEG, NCT, NST nufotsf Diagnostic सेवाहरूमा पनि २५% छुट उपलब्ध हुनेछ। Physiotherapy, Dental Treatment (सामग्री खर्च बाहेक), ERCP तथाMRCP सेवामा समेत २५% छुट प्रदान गरिनेछ। 
यसैगरी, सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध बिरामीहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गरिने व्यवस्था गरिएको छ। नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक उपचार कोष, ज्येष्ठ नागरिक तथा अन्य सरकारी स्वास्थ्य कार्यक्रमबाट प्राप्त हुने सुविधा उपयोग गरिसकेपछि मात्र सम्झौताअनुसारको थप सहुलियत प्राप्त गर्न सकिने व्यवस्था
यो सम्झौता २०८३ असार १९ गतेदेखि लागू भई २०८४ असार ३० गतेसम्म प्रभावकारी रहनेछ। आवश्यकता र प्रभावकारिताका आधारमा दुवै पक्षको सहमतिमा आगामी दिनमा नवीकरण तथा परिमार्जन गर्न सकिने व्यवस्था समेत गरिएको छ।
नगर प्रमुख श्री बालकृष्ण बस्नेत बाह्रबिसे नगरपालिका वाड नं ८ र ३ को वाड अध्यक्ष बिमल पौडेल जीवन भण्डारी को नेतृत्व मा सम्पन्न यस सम्झौताले बाह्रबिसे नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने, उपचार खर्चमा राहत पु¥याउने तथा स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरेको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।स्वस्थ नागरिक, समृद्ध बाह्रबिसे निर्माणको अभियानमा यो सम्झौता एक महत्वपूर्ण उपलब्धि भएको छ ।