सिन्धुपाल्चोक, – उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि सिन्धुपाल्चोक जिल्लको बाह्रविसे नगरपालिकाभित्र सञ्चालित विभिन्न व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूमा आइतबार संयुक्त बजार अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा सम्पन्न अनुगमनमा स्थानीय तह, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारसम्बन्धी संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीले खाद्यान्न पसल, होटल, औषधि पसल, मेडिकल तथा निजी स्वास्थ्य संस्थासहित ३९ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त ठहरिएका करिब ६ हजार ३ सय ३३ रुपैयाँ बराबरका सामग्री फेला परेपछि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरेका, सरसफाइमा पर्याप्त ध्यान नदिएका र म्याद गुज्रिएका सामग्री राखेका व्यवसायीलाई आवश्यक सुधार गर्न निर्देशन दिँदै सचेतसमेत गराइएको बताइएको छ।
बजारमा अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नुका साथै कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन अनुगमनलाई प्राथमिकता दिइएको जनाइएको छ। यसैबीच, बाह्रविसेमा सञ्चालित एक निजी स्वास्थ्य संस्थाको निरीक्षणका क्रममा लामो समयदेखि नवीकरण नगरिएको र आवश्यक चिकित्सकीय जनशक्ति बिना सेवा सञ्चालन भइरहेको पाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। सम्बन्धित संस्थालाई प्रचलित कानुनी प्रक्रिया पूरा गरी मापदण्डअनुसार मात्र सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। स्थानीयवासीले नियमित बजार अनुगमनले उपभोक्ता अधिकार संरक्षण, व्यवसायमा पारदर्शिता र सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।