सम्पर्क

सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

 

सिन्धुपाल्चोक जिल्लाका  राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्व तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक र व्यवस्थापन  सहयोगमा सुनकोशी गाँउपालिकामा आयोजित तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट  महिला ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो।

तालिममा अवधिभर सनुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, खोप, सरसफाइ तथा स्वस्थ्य सचेतजा सम्बन्धी विभिन्न विषयमा सहभागीहरुलाई प्रशिक्षण् प्रदान गरिएको थियो । तालिमले स्वयंसेविकाहरुको ज्ञान, सीप र कार्यक्षमता विकासमा सहयोग पु¥याएको आयोजकको भनार्य छ । समापन कार्यक्रममा जनासवास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दुर्गा बजगाइले समुदायमा स्वास्थ्य सेवा विस्तार र स्वास्थ्य सचेतना अभिवृद्धिमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाइृ व्यवहारमा उतार्दै समुदायमा अझ प्रभावकारी सेवा दिन आग्रह गर्नृुभयो ।

कार्यक्रममा फेयरमेड फाउन्डेसन सिन्धुपाल्चोकका  टिम लिडर डम्बर सिंह गुरुङप्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दबहादुर हायू, महिला आत्मनिर्भरता केन्द्रकी सचिव कालीमाया वाइबा, सामाजिक परिचालक हिरा थामी तथा ग्रामीण महिला सिर्जनशील परिवारका निर्देशक राजु विश्वकर्मा विशेष अतिथि एवं अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

तालिममा  सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दबहादुर हायू प्रमुख प्रशिक्षक त्यस्तै  भवानी कुमारी खड्का, नारायण कुमारी कार्की, सुजना कार्की, होस नारायण राउत तथा स्वस्थानी थामीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो।

तालिममा चौतारा साँगाचोकगढी नगरपालिकाबाट १० जना, मेलम्ची नगरपालिकाबाट ७ जना, पाँचपोखरी थाङपाल गाउँपालिकाबाट ६ जना, बाह्रविसे नगरपालिकाबाट ६ जना, त्रिपुरासुन्दरी गाउँपालिकाबाट ५ जना, सुनकोशी गाउँपालिकाबाट ४ जना, बलेफी गाउँपालिकाबाट ३ जना, हेलम्बु गाउँपालिकाबाट २ जना तथा इन्द्रावती र लिसंखुपाखर गाउँपालिकाबाट १÷१ जनाको सहभागिता रहेको थियो।

सहभागी स्वयंमसेविकाहरुले तालिमबाट पप्त ज्ञान र सीपले समुदायमा स्वास्थ्यसम्बन्धी सेवा तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्न थप सहज हुने विश्वास व्यक्त गरेका छन् । उनीहरुले स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार र सचेतना अभिवृद्धिमा आफूहरु अझ सक्रिय भउर लागने प्रतिबद्धता समेत जनाएका छन् ।