सम्पर्क

नेपाल आदीबासी जनजाती महासंघ १४ नंको कानुन सम्बन्धी अभिमुखीकरण सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा न्याकि सम्बन्धी दुइदिने प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल आदिबासि जनजाति महासङ्घ वडा सम्मन्वय परिषद द्धाराचौसागढी १४ को अशिने मा गरिएको दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपाल रहनु भएको थियो भने जिल्ला न्यायधिबक्ता भगवती देबी गौतम र जिल्ला बार एशोसियशन जिल्ला अदालत इकाइका अध्यक्ष भुपेन्द्र तामाङ प्रशिक्षक रहनु भएको थियो ।   कार्यक्रम वडा सम्मन्वय परिषदका अध्यक्ष शेरबहादुर श्रेष्ठको सभापतित्वमा भएको हो । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपालले गाँउका मानीसहरुलाइ कानुन सम्बन्धमा धेरै कुराहरुको जानकारी नभइरहेको अबस्थामा यसरी गाँउ गाँउमा आएर कानुनी बिषयमा जानकारी गराइदिनने काम गरेकोमा आफुलाइ खुश िलागेको बताउँनु हँदे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४लाइ प्लाक्ष्टीक मुक्त वडा घोषणाको तैयारी गर्न लागीउको बताउँनु भयो । कार्यक्रमका अर्का अतिथी सञ्चार कर्मी जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका नेत्र बहादुर बस्नेतले हरेक जन्मदिनलाइ केक काट्ने बालेको मैन बत्ती निभाउँने बिभिन्न खर्च गर्ने भन्दा पनी एउटा बिरुवा रोपेर हुर्काउँने काम गर्न पर्ने भन्नु हुँदै पुर्ब वडा अध्यक्ष समेत रहनु भएका समाज सेवी शेर बहादुर श्रेष्ठले यसरी टोलटोलमा नै यस्ता कार्यक्रम राखेर नागरिकलाइ कानुनी बिषयमा जानकारी दिनु भएकोमा बिशेष धन्यबाद दिनु भयो । स्थानिय तहका न्यायिक समितिको क्षमता अभिबृद्दिका लागिलसमुदायमा सरकारी वकिल कार्यक्रम अन्तर गत सरकार िवकशलिले नागरिकका पक्षमा गर्ने कामहररु बारेमा जानकारी दिदै जिल्ला न्ययधिबक्ता भगवबती देबी गौतमले सामाजीक सञ्जाल प्रयोग गर्दा ध्यान दिन पर्ने बारेमा जानकारी गराउँनु भयो । जिल्ला बार एशोसियशनका अध्यक्ष भुपेन्द्र बहादुर तामाङले समाजमा घट्ने साना साना घटनाबाट ठुला ठुला अपराधीक घटना हुन सक्ने भएकाले यस तर्फ सबे सचेत हुन पर्ने बताउानु हुँदै जानेर गरे पनी नजानेर गरे पनी आफुले गरेको गल्तीको सजाय आफैले भोग्न पर्ने भएकाले कसैले पनी कुनै प्रकारको गल्ती गर्न नहुने बताउँनु भयो । कार्यक्रममा स्थानीयहरुको व्यापक उपस्थिती रहेको थियो ।