सम्पर्क

स्वास्थ्य

सिन्धुपाल्चोकमा बाँदर र मान्छे बिच लडाइ ४ घाइते

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफीगाँउपालिकामा घरमा बाँदर छिर्न नदीदा मान्छे ले कुटाइ खाएर घाइते भएका छन। सिन्धुपाल्चोक जिल्ला बेलेफी गाँउ पालिका वडा नं ४मा दिउँसै करिब ४बजेको समयमा तोया नाथ नेपालको घरमा बाँदरको हुल छिर्न लागे पछी रोक्ने क्रममा भएको झडपमा बाँदरको कुटाइ बाट तोया नाथ नेपाल , जयरामा नेपाल खिका प्रसाद नेपाल, र इश्वर प्रसाद नेपाल घाइते हुनु भएको ४ नं वडाका वडा सचिब फुर्पा छिरिङतामाङले जानकारी दिनु भयो । उँहाका अनुसार बाँदर घरभित्रै छर्न लागे पछी घर भित्र ४जना र बाहीर गाँउले हरु जम्मा भएर लखेट्न लाग्दा घर भित्र भएका चारै जना घाइते भएको र घाइते मध्य तोया नाथ नेपाल र जयराम नेपाललाइ उपचारका लागी काठमाण्डौ लगीएको छ । घर भित्र छिरेर घरमा भएका अन्न हरु खाइदिने छर्ने गर्न थाले पछी स्थानीय हरु त्रसित बनेका छन। बाँदरको हुल गाउँमा पस्ने क्रममा तल्तागाउँका स्थानीय जयराम नेपालको घर नजिकै सिंचाइका...

मेलम्ची ६ बतासेमा मंसिर ८ गते इम्प्याक्ट म्याराथन हुँदै

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा मंसिर ८ गते शनिबार इम्प्याक्ट म्याराथन हुने भएको छ । म्याराथन आयोजक इम्प्याक्ट म्याराथन र तार्गेट हिमाmलयको संयुक्त आयोजानमा म्याराथन गर्न लागिएको तार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । स्वास्थ्य र पर्यटनका लागी दौड भन्ने आदर्श वाक्य सहित मेलम्ची नगरपालिका वडा नम्बर ६ र आसपास रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र म्याराथनमा स्थानियलाई समेत सहभागीता गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको धौले,थानकुनेभञ्ज्याङ लगायत पर्यटकीय स्थलहरुको परिक्रमा गर्दै म्याराथन गराइने आयोजकले जनाएको छ । म्याराथनलाई तिन समहुमा विभाजन गरिएको छ । स्थानिय युवा विद्यार्थीहरुको लागी लागी १० किलोमिटर,स्थानिय युवा तथा स्वदेशि एवम् विदेशी खेलाडीहरुको लागी २१ किलोकिटर र अन्य इच्छुक खेलाडीको लागी ...

गौरती भिमेश्वरमा भक्तजनको भिड जात्राको बारेमा कसले कसको कुरा के?

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय रुपमा परिचित सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरमा शुक्रबारदेखि मेला सुरुभएसंगै दर्शन गर्न आउँने भक्तजनको भिड लागेको छ । पार्किङको सहज व्यवस्थापन भएसंगै विगतको वर्षमा हुने गरेको समस्या सुल्झिएकाले पनि भक्तजन बढेका हुन् ।सिन्धुपाल्चोकको गौरती भीमेश्वरमा बर्सेनी कात्तिक पुर्णिमाको दिनदेखि पञ्चमीसम्म लाग्ने मेला यस वर्ष पनि सुरु भएको हो । यातायातको व्यवस्थापन सहज भएसंगै गौरती भीमेश्वरमा मेला भर्न आउँने भक्तजनमा उल्लेख्य सहभागिता देखिएको छ । विगतका वर्षहरुमा यातायात व्यवस्थापन गर्न नसक्दा दर्शनार्थीले समस्या भोग्नु परेपनि यसवर्ष सहजता सिर्जना भएसंगै विभिन्न जिल्लाबाट भक्तजनको ओइरो लागेको गौराती भिमसेन युथ क्लबले जानकारी दिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला प्रत्येक कार्ति...

कतारमा ४१ जना नेपालीहरूले गरे रक्तदान 

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार कतारमा “बृहत् रक्तदान कार्यक्रम“ भव्य रूपमा सम्पन्न भएको छ । परियार मित्रता समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा परियार मित्रता समाज कतारका अध्यक्ष सुमन परियारले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । १०५ जना उपस्थिति रहेको कार्यक्रममा ५५ जनाले रक्तदान गर्नका लागी रजिस्ट्रेसन गरेका थिए। जस मध्य ४१ जनाले रक्तदान गर्न सफल भएको र १४ जना रक्तदान गर्नबाट वञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो । “मानवीय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम संयोजक बालन परियारले धन्यवाद प्रकट गर्नुभएको थियो । रक्तदान जस्तो प...

आजदेखी सुरु भयो गौराति मेला

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
नेपालकै प्रसिद्ध गौराती मेला आजदेखी सुरु भएको छ । सिन्धुपाल्चोकको प्रख्यात एवम् ऐतिहासिक गौराति भीमेश्वरको मेला का लागी जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले सुरक्षाका सबै प्रबन्ध मिलाएको छ भने जात्रामा आउँनेहरुका लागी समस्या हुन नदिनका लागी प्रशासन चनाखो भएको छ ।मेला भर्न जाने भक्तजनको सुविधाको लागि खानेपानी र विद्युतको व्यवस्था मिलाइएको छ । मेलामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय क्लबका समन्वयमा मदिरा बिक्री वितरणमा समेत कडाइ गरिएको छ । चौतारा पुरानो बजारस्थित भीमसेनलाई रथमा राखि गौरातीस्थित भीमेश्वर मन्दिरमा पु¥याएपछी सुरु हुने जात्रा पुनः भीमसेनलाई गौरातिबाट फर्काएर आफ्नै घरमा विराजमान गराएपछि समापन हुन्छ ।भीमसेन महाराजको पुरानोबजारको खास घरबाट गौराती भीमेश्वरसम्मको यात्रा नै वास्तवमा “गौराती जात्रा“ भएको सम्पादा गुठीका संय...

मृगौला पिडित खड्कालाई पाल्पाली सेवा समाज कतारको आर्थिक सहयोग

समाचार, स्वास्थ्य
दर्शन सुनार/ लोकप्रिय दैनिक /दोहा,कतार दुवै मिर्गौला “अकस्मात्“ फेल भई विगत छ महिना देखि डायलिसिस उपचार गराई रहेका पाल्पा जिल्ला , रम्भा गाउँपालिका वडा न. २ फोक्सिकोट ७ निवासी वर्ष ३२ का अईत बहादुर खडका थोकीलाई पाल्पाली सेवा समाज कतारले आर्थिक रकम सहयोग गरेको छ । पीडित खड्काको आर्थिक अवस्था निकै कमजोर र दयनीय रहेकोले डायलाइसिसको थप उपचारका लागी पाल्पाली सेवा समाज कतारले “दस हजार रुपैयाँ“ आर्थिक रकम सहयोग गरेको हो । वार्षिक बिदामा रहेका समाजका महासचिव माधव भण्डारी र समाजका सचिव कमल भुसालले पीडितको निवासमा पुगेर शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै रकम खड्कालाई हस्तान्तरण गरेका हुन् । हाल गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्वारा सञ्चालित पाल्पा सामुदायिक डाईलाईसिस सेन्टरमा उपचार गराई रहेका खड्कालाई तत्कालै मिर्गौला प्रत्यारोपण गर्नु पर्ने र औषधी उपचार मिर्गौला प्रत्यारोपण गर्नको लागी थप...

नेपाल तेक्वान्दो संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

खेलकुद, विचार, समाचार, स्वास्थ्य
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति सिन्धुपाल्चोकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। बलेफी गाउपालिका का अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख अतिथ्यतामा तथा नेपाल तेक्वान्दो संघ बागमति प्रदेश सदस्य भाष्कर श्रेष्ठ बिशेष अतिथ्यतामा सभा सम्पन्न भएको हो ।जिल्ला खेलकुद सघका अध्यक्ष राम कृष्ण दङ्गाल अन्तर्राष्ट्रीय निर्नायक श्री दुर्गामान लगाएतको अतिथ्यतामा भएको साधरण सभाको उद्धघाटन गर्र्दै प्रमुख अतिथी तामाङले खेलाडीहरु राष्ट्र्ीय गहना भएकाले खेल र खेलाडीको सम्मान गर्न सिक्न पर्ने बताउँदै अन्तराष्ट्रीय स्तरमा नेपालका तेक्वान्दो खेललाइ चिनाउँदै खेल जगतमा नेपालको शिर उच्च राख्न सफल प्रेम भण्डारीलाइ बिशेष धन्यबाद दिनु भयो । यसै गरी नेपाल तेक्वान्दो संघ बागमति प्रदेश सदस्य भाष्कर श्रेष्ठे तेक्वान्दो खेलाडी उत्पादनमा सिन्धुपाल्चोकको महत्वपुर्ण भुमिका रहेको र त्यसम प्रेम भण्डारीको ठुलो हात ...

रक्तदान सहीत बासडोल सहकारीको १८ओ साधरण सभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  कभ्रेपालाञ्चोक जिल्ला बनेपा नगर पालिका वडा नं १२मा रहेको –श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभारक्तदान सहीत सम्पन्न गरेको छ । पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले सचिव रामकृष्ण कुँवर, कोषाध्यक्ष कल्पना कुँवर, लेखा सुपरिवेक्षण समितिकोसंयोजक कञ्चन भुजेलले प्रस्तु गर्नु भएको प्रतिबेदन सर्ब सम्मतले अनुमोदन गर्दै सम्पन्न भएको हो । १८ औं वार्षिक साधारणसभा शनिबार उद्धघाटन गर्दै प्रमुख अतिथी बाँसकोटाले केही ठूला सहकारीका सञ्चालकका कारण सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बढेको बताउँनु भयो । उँहाले यस तर्फ सचेत गराउँदै सहकारी सस्थाका सञ्चालकले नीति नियममा रहेर सहकारी सञ्चालन गर्नुपर्ने, बचतकर्ताले नियमित अनुगमन र जानकारी लिनुपर्ने बताउँनु भयो । उँहाले सो अबशरमा जनताले खाइ नखाइ जम्मा गरेका रकमको दु...

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
दाङ, २४ कात्तिक : दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित हुनुहुथ्यो । अत्यधिक ढाड दुखाइ भएपछि उहाँ शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।” त्यस्तै, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आउनुभयो । मिर्गाैलाको समस्याबाट समेत पीडित उहाँ स्वास्थ्य शिविरमा सहभागी हुनुभयो । गाउँमै निःशुल्क स्वास्थ शिविरबाट चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति...

नगर प्रमुख बस्नेत द्धारा फाम्तिङ्ग गुम्बाको उद्द्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
स्थानीयको आस्थासँग जोडिएका सबै धर्म, संस्कृति को संरक्षणका लागी आफुले गर्न सक्ने सहयोग गर्ने बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ ।  शुक्रबार बस्नेतले बाह्रविसे नगरपालिका वडा न ७ स्थित फाम्तिङ्ग गुम्बाको उद्द्घाटन गर्नु हँुदै उँहाले यस्तो बताउँनु भएको छ ।बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङमा नवनिर्मित फाम्तिङ गुम्बाको उद्घाटन गर्दै प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले धार्मिक पर्यटनबाट बाह्रबिसे नगरको बिकास गर्न सकिने बताउँनु भयो ।उँहाले गुम्बाको पुनर्निर्माणमा बाह्रबिसे नगरले पनि सहयोग गर्ने बताउँदै गुम्बाको ब्यबस्थापनमा पनि जोड दिने प्रतिबद्धता गर्नु भएको छ ।तिब्बती रिम्पोछे तेन्जिङ पालजोरको सहयोग, स्थानीय जनताको स्रोत र चन्दा संकलन गरेर गुम्बाको पुनर्निर्माण गरिएको हो । हालसम्म तीन करोड खर्च भएको निर्माण समितिले जानकारी दिएको नगर प्रमुख बालकृष्ण बस्नेतक...