सम्पर्क

स्वास्थ्य

कालो ठुटो भित्रको हरियाली वन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
शारदा प्रसाद चालिसे बिनासको आधार मा बिकास प्रगति तिर लम्कदै गरेको सिन्धुपाल्चोक जिल्ला भित्र रहेको सामुदायिक बन, कबुलियती बन, निजि बन, राष्ट्रिय वनहरुले नयाँ नाम प्राप्त गरेको छ । हरियो बन नेपालको धन (गृन फरेस्ट) हामिले यो हरित बाताबरण कायम राख्न कालो ठुटामा परिनत हुन नदिन धेरै परिस्रम मेहनत गरेका छौं । पर्यटनहरुको अध्ययन स्थलको रुपमा परिणत गर्न सफल जिल्ला हो सिन्धुपाल्चोक । हामीसँग भएको यो गृन फरेस्टको सबै काठ दाउरा गोल व्यवस्थापन गर्ने बित्तीय क्षमता छैन र आर्थिक हिसाबले यो उपयुक्त पनि छ । राम्रा काठहरु समुहले सदुपयोग गर्न सक्छ, जसमा समुहलाई सहजीकरण गरिदिए पुग्छ । यो कथा सताब्दिऔ पुरानो इतिहासमा सिमित एक ब्यक्ति वा सम्प्रदायले अर्को ब्यक्ति वा सम्प्रदायलाई सुनाउदै आएको लोक वा पञ्चत्रन्त्रको कथा होइन समुदायले सामान्य ढङ्गले लिएको तर बन बाताबरण नोक्सानीको हिसाबले हेर्दा बन डढेलो दर्दनाक ...

माननीय कृष्णकुमार द्धारा अपाङ्गलाइ सहयोगी समाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यता मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको सभापतीत्वमा नगर भरीका आपङ्गता भएका ब्यक्तीहरुलाइ सहयोगी सामाग्रीहरु बितरण गरिएको छ । मेलम्ची नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (ज्च्म्ऋ) , बनेपाको संयुक्त लागत साझेदारीमा मेलम्ची नगरपालिका वडा नं ११ स्थित नगर अस्पतालमा नगर प्रमुख आइतमान तामाङको अध्यक्षता, वडा नं ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं १० का वडा अध्यक्ष अमृत खनाल, जनस्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, अस्पताल इन्चार्ज ज्ञानेन्द्र घोरासैनी, ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धिताल, नगर अस्पताल प्रमुख डा. किरण श्रेष्ठ, टुकी संघ सुनकोसीका महेन्द्र कार्की लगायतका नगरपालिकाका विभिन्न कर्मचारी र ज्च्म्ऋ का विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा माननी...

वैशाख ३१ गते छुट खोप लगाउन आग्रह

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गर्नु भएको छ । मन्त्री पौडेलले भिडियो सन्देश जारी गर्नुहुँदै नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको हो । हरेक वर्ष वैशाख महिनाको दोस्रो हप्ता (अप्रिल महिनाको अन्तिम हप्तालाई) विश्वभर खोप सप्ताहको रूपमा मनाइन्छ । तर नेपालमा वैशाख महिनालाई नै खोप महिनाको रूपमा मनाउने गरिन्छ । खोप महिनालाई सफल बनाउन तथा आवश्यक सहजीकरण गरिदिनु हुन सबै प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी र अन्य सरोकारवालाहरू मन्त्री पौडेलको अनुरोध छ । बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्चत गरी सबै जिल्ल...

बाह्रबिसेमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
कबीता श्रेष्ठ,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएको समाचार प्राप्त भएको छ। ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् । घाइतेहरुको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताउँनु भयो ।उँहाका ’ अनुसार घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार सम्भव भएको थियो दुर्घटना बलेरोको ब्रेक फेल भएका कारण भएको घाइतेहरुको भनाइ रहेको छ । बोलेरो चालकलाइ भने प्रहरीले नियन्त्रणका लिएको छ । &n...

पालिका–पालिकामा राष्ट्रिय परिचय पत्र बितरण गर्दै प्रजिअ थापा

अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत ,सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोक जिल्लाका हरेक नागरिकले आ–आफ्नै स्थानबाट प्राप्त गरुन भन्ने उद्धेश्यले हरेक पालिाकहरुलाई परिचय पत्र बितरणका लागी ब्यवस्था मिलाइएको बताउँनु भयो ।उहाँले चौतारा साँगाचोकढी नगरपालिकाको कार्यालयमा सोमबार राष्ट्रिय परिचयपत्र बितरण गर्दै यस्तो बताउँनु भएको हो । उहाँले बिभागबाट टोली खटाएर वडा कार्यालयहरु मार्फत् परिचयपत्रको फोटो खिचेका नागरिकहरुलाई परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा आउँनभन्दा सम्बन्धित पालिकाको कार्यालयमा सहज हुने भएकाले पालिकाहरुबाट नै परिचयपत्र दिने व्यवस्था मिलाइएको बताउँनु भयो । प्रजिअ थापाले भोटेकोशी गाउँपालिकामा माननीय परराष्ट्रमन्त्री आरजु राण देउवाको प्रमुख अतिथ्यतामा र माननीय पुर्बमन्त्री मोहन बहादुर बस्नेतको बिशेष अतिथ्यतामा परिचयपत्र बितरण सुरु गरिएको र सोमबार चौतारा साँग...

नगर प्रमुख सापकोटाद्धारा चस्मा वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
फागुन २० गतेदेखी बैशाख १५ गते सम्ममा नगरका १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरेको छ भने ८० जनाको आँखाको सल्यक्रिया गरिएको छ । गत फागुन २०, २१, र २२ गते तिन दिनसम्म चलेको निःशुल्क आँखा शिबीरमा नगरपालिकाका १४ वटै वडाका नागरिकहरु गरी जम्मा ७ सय २५ जनाले सेवा लिएका थिए । नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिव पुरीका अनुसार शिबिरमा सल्यक्रिया गर्न पर्ने आँखाका बिरामीहरुलाई नगरपालिकाबाटै सबै खर्च ब्याहोेरिएको र चस्मा नगरपालिकाबाटै बितरण गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका नागरिकहरु कुनै समस्यामा नपरुन र हरेक समस्याको समधानका लागी स्रोत र साधनले भ्याएसम्म समाधान गरेर नागरिकलाई सहयोग गरिने बताउँनु भयो । कार्यक्रममा नगर उप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले चस्मा बितरण गर्दै नागरिकको स्वास्थ्यको लागी नगरपालिका लगाएतका आँखा...

शिक्षकको आन्दोलनउग्र प्रहरी सँगको भिडन्तमा पचासौ घाइते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बिद्यालयमा पढाउँन छाडेर बिभिन्न माग राखी आन्दोलन गरिरहेको शिक्षकको आन्दोलनको २६ औं दिनमा आएर शिक्षकहरुले निषेधित क्षेत्र तोड्दै हात हातमा ढुंगा लिएर प्रहरी सँग भिडन्त गर्न पुगेका छन । यसै क्रममा प्रहरीले पानीको फोहारा सहीत लाठी चार्ज पनी गरेको छ । यस क्रममा पत्रकार र आन्दोनकारीहरु घाइते भएका छन। आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसको जवाफमा शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बानेश्वर तनावग्रस्त बनेको थियो । घटना पछी आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्ती पुर्ण रुपमा भएको आन्दोलनका आन्दोलनकारीलाई भड्काउन सरकारले घुसपैठी पठाएर नाङ्गोपनारुप देखायो भन्दै आन्दोल अझ सशस्त्ररुपमा अगाढी बढाउँने बताउँनु भयो । उँहाले ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्द...

पत्रकार कार्की माथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक भएको पत्रकार महासघले जनाएको छ । नेपाल पत्रकार महासघ जिल्ला शाखा काठमाण्डौ र केन्द्रले छुटाछुटै बिज्ञेप्ती निकालेर यस्तो जनाएको हो । काठमाण्डौ शाखाका सचिब रमेश कुमार बोहोराले बिज्ञेप्ती प्रकाशीत गर्दै प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा प्रहरीको पानी को फोहारा आखामा परेकोले आँखामा गम्भीर चोट लागेको भन्दै घटनाको निश्पक्ष छानबिन गरी दोषीलाइ कार्बही गरी उपभारको व्यवस्थ ागर्न माग गर्नू भएको छ । यसै गरी नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिब राम प्रसाद दाहालद्धारा जारी बिज्ञेप्तीमा आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको जानकारी महासंघ...
वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आजैका दिन आफ्रनो जन्म र कर्म सन्सारदिनेजन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज हाम्रा आमाको भौतीक शरिर सन्सारमा नभए पनी आत्मालाइ भने आफुले सकेको मिठा मिठा खानेकुरा सम्झनामा खान दिई श्रद्धा भक्तिसाथ सम्झना गरेको छु । आज मात्र होइन हामीलाइ आमाले यो धर्तीमा पैदा गरेको दिन देखी आमा भनेर सम्बोधन गरेको बाहेक त्यो समय देखी आमा सँग लिन बाहेका केही दिन सकेको छैन । हामी आमाको मुख हेर्ने दिनमा मात्र सम्झने गर्छाै भन्ने होइन यो दिनचाही बिशेष गरी एक पर्बकै रुपमा मनाइने भएकाले बढी महत्व दिने गरेका छौ शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्...

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ वैशाखः आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ । सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि...