चौतारामामहिला जनप्रतिनिधी तथा सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण शुरु
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका महिला जनप्रतिनिधी तथा सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण कार्यक्रम गरेको छ । नगर महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले मंगलबार र बुधवार मानव अधिकार, महिला अधिकार काम कर्तव्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रम मङ्गलबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको बिशेष अतिथ्यतामा र उप–प्रमुख सिता थापाको सभापतित्वमा कार्यक्रम शूरु भएको हो । कार्यक्रमको शुरुमा आफ्नो भनाइ राख्नु हुँदै नगर प्रमुख सापकोटाले महिलाहरुले गरेका हरेक कामको पारदर्शीता हुने भएकाले महिलाको सहभागीतामा अनिवार्य गरिएको भएता पनि महिलाहरुले आफ्नो अधिकारका बारेमा पुर्णरुपमा जानकार नभएको हुँदा केही महिलाहरु ओझेलोमा पर्ने गरेकाले नगरपालिकाबाट त्यस्तो नहोस् भन्नका लागी यो कार्य...

