सम्पर्क

माननीय कृष्णकुमार द्धारा अपाङ्गलाइ सहयोगी समाग्री बितरण

बागमती प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यता मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको सभापतीत्वमा नगर भरीका आपङ्गता भएका ब्यक्तीहरुलाइ सहयोगी सामाग्रीहरु बितरण गरिएको छ ।

मेलम्ची नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (ज्च्म्ऋ) , बनेपाको संयुक्त लागत साझेदारीमा मेलम्ची नगरपालिका वडा नं ११ स्थित नगर अस्पतालमा नगर प्रमुख आइतमान तामाङको अध्यक्षता, वडा नं ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं १० का वडा अध्यक्ष अमृत खनाल, जनस्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, अस्पताल इन्चार्ज ज्ञानेन्द्र घोरासैनी, ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धिताल, नगर अस्पताल प्रमुख डा. किरण श्रेष्ठ, टुकी संघ सुनकोसीका महेन्द्र कार्की लगायतका नगरपालिकाका विभिन्न कर्मचारी र ज्च्म्ऋ का विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा माननीय कृष्ण कुमार तामाङ्गले सेवा सबैलाइ चाहीन्छ तर सबैले माग गर्छन तर सेवा दिनेले अपाङ्गता भएका ब्यक्तीहरुलाइ प्राथमिकतामा राखेर सेवा दिन पर्ने बताउँनु भयो ।

यसै गरी नगर प्मुख आइतमान तामाङले मेलम्ची नगरपालिका भित्र रहेको  नागरिकहरु कुनै पनी समस्यामा नपरुन र समस्यामा परेकाहरुलाइ पनी तत्काल समस्या समधान गर्नु पर्छ भन्दै असाय , अपाङ्ग दिर्घरोगी लगाएतका लागी बिशेष सहयोगका कार्यक्रमहरु गरी हेको बताउँनु भयो । अपाङ्गता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वास्थ्य शिविर गरेर आबश्यकता अनुसार सामाग्रीहरु बितरण गरिएको थियो । शिविरमा ८८ जना अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच गरिएको थियो । सो जाँचमा बाबालिका सहित (४७ पुरूष र ४१ महिला) ८८ जना रहनु भएको छ ।

यस मध्य २ जनालाइ वाकर वितरण गरिएको छ । यसै गरी ६जनालाइ लौरो १जनालाइ एल्बो बैशाखी बितरण गरिएको थियो । सो कार्यक्रममा ८८ जनालाइ फिजियोथेरापी सेवा प्रदान गरिएको थियो । यसै गरी १६ जना अर्थाेपेडिक सहायक सामग्री प्रदान गर्नको लागि खुट्टाको नापजाँच गरिएको थियो भने नापजाँच अनुसार कृतीम खुट्टा निर्माण गरि वितरण गरिने भएको छ)८ जना(शल्यक्रियाको लागि भर्ना ) गर्न रिफर गरिएको छ भने २जनाको लागी डा. कन्सल्टेन्ट÷ परीक्षण) रिफर गरिएको छ । अपाङ्गता शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थपना केन्द्रका डा. बिबेक लामाले यस्ता सहयोगलाई निरन्तरता दिइने बताउँनु भयो । अपाङ्ग बालअस्पताल तथा पुनस्थपना केन्द्रका टिका बहादुर बिक ले यसरी सञ्चालन गरिएको शिबीरबाट धेरैले सेवा पाएको बताउँदै सहजीकरणका लागी मेलम्ची नगर पालिकालाइ बिशेष धन्यबाद दिनु भयो ।