बिनासको आधार मा बिकास प्रगति तिर लम्कदै गरेको सिन्धुपाल्चोक जिल्ला भित्र रहेको सामुदायिक बन, कबुलियती बन, निजि बन, राष्ट्रिय वनहरुले नयाँ नाम प्राप्त गरेको छ ।
हरियो बन नेपालको धन (गृन फरेस्ट) हामिले यो हरित बाताबरण कायम राख्न कालो ठुटामा परिनत हुन नदिन धेरै परिस्रम मेहनत गरेका छौं । पर्यटनहरुको अध्ययन स्थलको रुपमा परिणत गर्न सफल जिल्ला हो सिन्धुपाल्चोक । हामीसँग भएको यो गृन फरेस्टको सबै काठ दाउरा गोल व्यवस्थापन गर्ने बित्तीय क्षमता छैन र आर्थिक हिसाबले यो उपयुक्त पनि छ । राम्रा काठहरु समुहले सदुपयोग गर्न सक्छ, जसमा समुहलाई सहजीकरण गरिदिए पुग्छ । यो कथा सताब्दिऔ पुरानो इतिहासमा सिमित एक ब्यक्ति वा सम्प्रदायले अर्को ब्यक्ति वा सम्प्रदायलाई सुनाउदै आएको लोक वा पञ्चत्रन्त्रको कथा होइन समुदायले सामान्य ढङ्गले लिएको तर बन बाताबरण नोक्सानीको हिसाबले हेर्दा बन डढेलो दर्दनाक र त्यसबाट सिजित समस्याको यथार्थ कथा हो भाबी पुस्तालाई सुनाउनै पर्ने दुखको बेथा हो ।
सिन्धुपाल्चोक जिल्ला भित्र सुनकोसी गा.पा, लिसंखुपाखर गा.पा, त्रिपूरासुन्दरी गा.पा, बाह्रबिसे न.पा, भोटेकोसी गा.पा, बलेफी गा.पा, जुगल गा.पा, चौतारा साँगाचोकगढी न.पा, इन्द्रावती गा.पा, मेलम्ची न.पा, हेलम्बु गा.पा, पाँचपोखरी गा.पा पर्ने सामुदायिक बन, कबुलियती बन, निजि बन, राष्ट्रिय बनको जनजिबन सधै झै सरल संगठित सुमधुर र बोधगम्य थियो । चौरी भँेडाको बथान तिनका गोठाला चराचुरुङ्गी जङली जनावर कीट पतङ अमुल्य जडिबुटी सहितको प्राकृतिक सम्पदा सामुदायिक बनको उद्गम स्थल, हरित स्वयंसेवक परिचालित पहिलो नमुना जिल्ला, अनि मानव जीवनको सह–अस्तित्वको अनुपम नमुना बोकेको योसिन्धुपाल्चोक जिल्लाको बन ।
लोभ लाग्दो हरियो जङ्गल निखृयो चिसो सुक्खा चिसो हावाको झोका देशको अन्य भु–भाग जस्तै असमय नै बिस्तारै बढी रहेको सुख्खा पन यहाँको छोटो परिचय हो । मान्छे जलाउन भौतिक आगो मात्रै पर्याप्त छैन, लोभ मोह र पापका दुष्कर्महरुले उसलाई निरन्तर जलाई रहन्छ । आगोलेत एक्छिन जलाउनेन हो ।
राम्रो घास पलाउछ भन्ने लोभमा जीव जनावरले दुख दियो भन्ने कुरामा बनबाट मलिलो माटो बगाएर ल्याउछ । उब्जनी राम्रो हुन्छ भन्ने बाहानामा डढेलो लगाउनु ठिक होइन । कानुन बिपरित हो भन्ने थाहा हुदाहुदै पनि मानिसहरुको पराम्परा नै बन्दै गई रहेको थियो ।
२०७७ सालमा सामुदायिक बन उपभोक्ता महासंघ सुनकोशी महासंघका कोषाध्यक्ष शारदा प्रसाद चालिसेको सक्रियतामा डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको समन्वयमा जिल्ला भरी डढेलो नियन्त्रण सचेतना अभियान एक महिना गर्नुभएको थियो र तेति बेला जिल्ला भरी जताततै लागेको डढेलो नियन्त्रण र प्रभावकारी भयो । डिभिजन बन कार्यालय सिन्धुपाल्चोकले २०७८ सालदेखी भोलिन्टेरको रुपमा हरित स्वयंसेवक भर्ना गरि परिचालन ग¥यो । अहिले २०८१ सालसम्म निरन्तरता दिएको छ । २०७७ देखी २०८१ सम्म हरित स्वयंसेवक संयोजकको रुपमा शारदा प्रसाद चालिसेले काम गर्दै आउनु भएको छ । २०८० सालसम्म पनि यस्तै क्रम दोहोरियो । त्यसमा केही दुष्ट, लोभी, पापी, शिकारी थपिए जस्ले जङ्गलमा रहेको जनावरको सिकार गर्ने नियतले थप आगो लगाए । भौगोलिक हिसाबले भिरालो जमिन रहेको सिन्धुपाल्चोक जिल्ला त्यसमाथी सल्लोको बन ( पाइन फरेस्ट ) चौडा पाते बन २ किसिमको छ ।
सल्लाको बनले अब क्रमश बिकराल रुप लिन थाल्यो ।
त्यहि बेला अकस्मात अनियन्त्रित हावा हुरि चल्न थाल्यो । भिरालो पाखा र भुइँमा रहेको डढेलोले एकै पटक सल्लाको टुपोमा पुग्यो धेरै रुखमा एकै पटक सल्लोको जङ्गल त्यसमाथी बर्षौदेखी ढलेर बसेको सुकेका अनगिन्ती रुख, हावाको बहाबले सहजै एक रुखबाट अर्कोमा आगो फैलदै जाने हँुदा राप छ, ताप छ, मनमा बन बचाउने चिन्ता छ । जमिनदेखी कान्ड हुदै टुपोसम्मको आगो लागेको छ । त्यहाँ जल्न केही बकि रहेन । धुवाको मुस्लो बीच कोलाहल सुरु हुन्छ । चटचट गर्दै रुख ढलेको आवाज आइरहेको थियो । पातलो रुख र सुकेको रुख ढल्न थाल्छ तर पनि डिभिजन बन कार्यलयबाट परिचालित हरित स्वयंसेवक टिम लिडर शारदा प्रसाद चालिसे कहिले थाकेनन कहिले हरेस खाएनन् । दिनरात बिहान साझ बन कसरी जोगाउने भन्ने परिकल्पना र आगो नियन्त्रण मै आगो सँग जुदि रहे । आगो नियन्त्रणको स्रोत जिल्ला सिन्धुपाल्चोकलाई चिनाउन सफल भए । सामुदायिक बन समुहहरुले समय मा नै काठ दाउरा बेबस्थापन नगर्दा को घातक परिणाम पनि हो बन डढेलो ।
आगोको मात्र बढेपछि चराचुरुङ्गी, बन्यजन्तु, आतिएर यता उता भाग्न थाले । उडेर र कुदेर भाग्न सक्ने भागे उड्न कुद्न नसक्ने घस्रने जनावरहरु एकै ठाउमा मरे । धुवाको मुस्लो जनावरको आवज क्रमश कमजोर बन्दै गए र बिलिन भए । धुवाको मुस्लो बिच कैयौ जनावर भाग्दा भिरमा अड्किए कैयौ भिरबाट लडे । बाहुन, क्षेत्री, नेवार, तामाङ, गिरि, माझी, पहरी, दनुवार, थामी, शेर्पा, बहुल, जातीको समुदायले यहाँको सामुदायिक बनको उपभोग गर्छन् ।
कालो बाक्लो धुवाले आकाश भेट्ला जस्तो भएपछि ठुलै अनिष्ठको संकेत देखेर गाउँले पनि आतिए । सानो तिनो डढेलो त पहिला पहिला पनि लाग्थ्यो तर एतिको धुवा र मुस्लो हुदैन थियो । बन समुह को उपभोक्ता हरु हल्ला खल्ला गर्दै पुगे तर त्याहा को अवस्था कल्पना भन्दा बाहिर पुगिसकेको थियो । उहाँहरुले तत्काल बन कार्यलय को टोलि र सुरक्षा कर्मी लाई गुहारे बन टोलि र सुरक्षा कर्मी पुगे तर त्यहाँको अवस्था जटिल थियो । किनकी यो पटक को आगो भुइ आगो ( सर्फेस्फाएर) थिएन यो आकाश छेडौला जस्तै गरेर उग्र र उन्मत्त छत्रे डढेलो ( क्राउन फाएर) थियो । सिङ्गै रुख फेद देखि टुप्पोसम्म दनदनि बलेको थियो । हरित स्वयंसेवक सुरक्षाकर्मीहरु तालिम प्राप्त भए पनि आगो निभाउने औजार स्याउला र फाएर सटर भन्दा अरु थिएन भने वरिपरि पानि पनि थिएन भने बारुण यन्त्र नि थिएन ।
सल्लोको बन ( पाइन फरेस्ट) खोटो बढी हुने हुदा तेस्मा पनि भिरालो जमिन बढ्दो गर्मी भीषण आगो पर्याप्त ज्वलन्शिल पदार्थ ,सुख्खा जमिन ५०औ बर्ष देखिको घनिभुत सल्लाको जङ्गल स्वाहा भएको थियो । आगो बलि रह्यो हाम्रो प्राकृतिक सम्पदा जलि रह्यो । निरुपाए स्थानिय समुदाय टुलुटुलु हेरि रह्यो । हामी डढेलोको भाते गोष्ठी ठुला ठुला होटल मा गर्छौ । डढेलोको बारेमा अध्यन गर्न र तालिममा सहभागी हुन थाइल्यान्ड, अस्ट्रेलिया तिरको बोइङ चड्छौ । अबको दिनमा यस्ता गोष्ठी र अध्ययनको लागी सिन्धुपाल्चोक जिल्लाको जङ्गलको फेदीमा पाल टागेर गरिनु पर्छ । बन डढेलोको मोडेलहरु सिन्धुपाल्चोक जिल्लाबाट सिक्नु पर्छ । ताकी निति निर्माताले हृदयबाटै अनुभुती गर्न सकुन् । डढेलो लागेको जिल्ला र बनको फोटो र डढेलो बाट जोगाउन सफल भएको जिल्ला डिभिजन बन कार्यलय र हरित स्वयंसेवकको नाम र फोटो बन मन्त्रालय, तालिम केन्द्र, बिभाग, योजना आयोगमा राखिनुपर्छ । ताकि हरेक पटक निति तथा कार्यक्रम बनाउदा, सिकाउदा यी र यस्ता बिषयले प्राथमिकता पाओस् ।
बन डढेलो पश्चात् बनमा पुनः उत्पादनको अवस्था र अन्य वाताबरणको प्रभाव कस्तो रहन्छ भन्नका लागि यो नेपाल कै लागी उपयुक्त फिल्ड हो । बन जङ्गल डढेलो लाग्नबाट जोगाइएको फिल्ड अभ्यास पनि हो । यो भन्दा राम्रो ठाउ सायदै होलान् । क्यम्पसले आफ्ना विद्यार्थीलाई सोध पत्र तयारी गर्न माहोल मिलाइ दिने, बन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विभिन्न मोडल बनाएर नियमित तथ्यांकमा आधारित भएर काम गर्नु पर्दछ । केही बाहेक बन मन्त्रालयका उच्च पदाधिकारीहरु सिन्धुपाल्चोक जिल्ला पुग्नु भएकै होला ।
तसर्थ एक पटक नीति निर्माण तहमा पुगेका सबै ले सिन्धुपाल्चोक नमुना जिल्लाको भ्रमण गरौं र अझै राम्रो काम गर्न सकिन्छ । हरित स्वयंसेवकलाई संस्थागत गर्न सके हरित बाताबरण हरित नै रहन्छ, भन्ने उदाहरण सिन्धुपाल्चोक जिल्ला डिभिजन बन कार्यलयबाट परिचालित हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चलिसेले दिई सक्नु भएको छ ।
आजैबाट प्रतिबद्धता जनाऔ ।
हरित स्वयंसेवक संयोजक ः– शारदा प्रसाद चालिसे सिन्धुपाल्चोक