सिन्धुपाल्चोकमा ४७ वटा मानवअधिकार उल्लंघनका घटना सार्वजनिक
सिन्धुपाल्चोक जिल्लामा पछिल्ला ६ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका ४७ वटा घटना सार्वजनिक भएका छन् ।
बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजना तथा नेपाल बार इकाईको समन्वयमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा जिल्लामा पछिल्ला ६ महिनामा ४७ वटा घटना भएको तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा महिला अधिकारसँंग सम्बन्धित घटना धेरै भएको इन्सेक जिल्ला प्रमुख नातिबावु धितालले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यक्ति हत्याका ४ वटा, बालअधिकार संग सम्बन्धित घटना १० वटा, महिला अधिकार संग सम्बन्धित २८ वटा घटना, जातिय बिभेद १ वटा, कारागार भित्र मृत्यु १, शिक्षकलाई कार्यस्थलभित्रै कुटपिट १ वटा, कुटपिट अंगभंग तथा ज्यानमार्ने उद्योग दुई गरी ४७ वटा घटना रहेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्का ले इन्सेकले मानवअधि...
