सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका आजबाट पूर्णखोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा भएको छ ।
मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले एक समारोहका बिच नगरलाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्नु भएको हो ।
सो अवसरमा नगर प्रमुख तामाङले मेलम्ची नगरपालिका भित्रका १६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुले सम्पूर्ण खोप पुरा गरेको बताउँदै नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र ५ सय ३४ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेको बताउँनु भयो । उहाँले पुर्ण खोप घोषणा एवम् प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ पुर्ण खोप सुनिश्चीत नगरपालिका घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले स्वास्थ्य स्वयंसेवीकाहरु, कार्यरत स्वस्थ्यकर्मीहरुको अथक प्रयासबाट आज नगरपालिका पुर्ण खोप सुनिस्चितता घोषणा गर्न सफल भएको र विगतका दिनमा भन्दा हाल मातृमृत्यूदर र बालमृत्युदर घटेको कुरा बताउदै भावि दिनमा हामी सबै मिलेर पूर्ण खोप सुनिश्चितता र दिगोपनमा लाग्ने कुरामा आफू प्रतिवद्ध रहेको कुरा बताउनुभयो कार्यक्रम मेलम्ची नगरपालिका नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत, अशोक कुमार भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयंसेवीकाहरु लगायतको उपस्थिति रहेको थियो ।
