लायन्स क्लब अफ काठमाण्डौँ चौतारा सिटिको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा रमेश दुलाल निर्वाचित हुनुभएको छ ।
अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको सन्तान रुपमा ३ वर्ष अगाडी सिन्धुपाल्चोक चौतारामा स्थापना भएको क्लवको तेस्रो अधिवेशनले अध्यक्षमा दुलाल सहितको टिम निर्वाचित गरेको हो । आइतबार चौताराको अरनिको रिसोर्टमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा दुलाल सहित प्रथम उपाध्यक्षमा राकेश श्रेष्ठ, द्धत्तिय उपाध्यक्षमा सुजता सापकोटा र तृतीय उपाध्यक्षमा लालबहादुर श्रेष्ठलाई निर्वाचित हुनुभएको छ ।
यस्तै क्लबको सचिवमा कमल गौतम, सहसचिवमा समिर दुलाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गोमा भट्टराई र सहकोषाध्यक्षमा सुधिना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । क्लबको सल्लाहाकार समितिमा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापा सहित नरमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र सानुमाया गुरुङलाई चयन गरेको छ ।
त्यसैगरी क्लबको डाइरेक्टरमा क्लबका संस्थापक अध्यक्ष अर्जुन शर्मा, निर्वमान अध्यक्ष मिना थापा, रोहित शर्मा र नविन प्रदान, मेम्मरसिप चेयरपर्शन कुमार भट्टराई, एल सि आइ एफ कोर्डिनेटरमा हालका अध्यक्षपवन सापकोटा, सर्भिस चियरपर्सन चिरञ्जिवि कट्टेल, पिआर अफिसरमा अनिता ढुंगाना थापा, फाइनान्स अफिसरमा राजु खत्री र हेल्थ अफिसरमा केदारनाथ दुलाल सर्बसम्मतले चयन हुनुभएका छन् । ३ वर्ष पहिले सिन्धुपाल्चोक जिल्ला कार्यक्षेत्र बनाएर स्थापना भएको यस क्लवले विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
