सम्पर्क

साहित्य

याद

साहित्य
साहित्य प्रेमी ( निर्मला पुरी) जब भाबको द्वार खुल्छ यो मनले आफैलाई भुल्छ । छरिएर रहेका, शून्यतामा शिथिल भएका, यादहरु जगमगाउँछन् अन्धवेग बनी मस्तिष्कमा आउँछन् ।। किताबको पानहरु झैँ बिरहका गानाहरु झैँ, म क्षितिजलाई हेर्छु ऊ मलाई नियाल्दै हेर्छ कालो बादल मडारिए झैँ, मडारिदै नयन बाट बर्षात हुन्छ अर्धचेतन मनको धरातलमा नाच्न थाल्छ कुनै गीत बनेर मिठो संगीतको धुन भनेर, बिर्सन्छु भन्दै सम्झिनु लहरा झै यी यादहरुमा अल्झिनु, दर्दनाक घाउ झैँ बेलाबेला बल्झिनु धड्कन तिव्र वेगमा चल्ने, आगोलागे झै भित्रभित्रै जल्ने सम्झनाका छालहरुले कस्तो अचेत गराउँने, फेरि चेतन मनको धरातलमा बिस्तारै हराउने ! पुतली प्रज्लित दिप सामु नाचेझैँ मरिसकेको लासलाई डाक्टरले जाचेझैँ, यी यादहरुले मलाई जाँचिरन्छन् आँखै सामु आएर नाचिरहन्छन् सोधिरहन्छन् जिउँदै छस् भनेर आइरहेछन् केवल याद बनेर !! ( उदय...

सहिद भएका फूलहरु

साहित्य
साहित्य प्रेमी ( निर्मला पुरी ) कसैको हाँसो सजिनलाई चुडिए, कसैको आँसु थमाउनलाई चुडिए, कुनै पल ! उसको कामुकतामा कराएँ, कुनै पल ! पारिजात झैँ मिरमिरे मै हराएँ कसैले अङगालोमा कसेर प्रेमको प्रतीक हौ भने ! कहिले सुगन्धित हुदै, त्यो मधुमासको सौगात बने म प्रत्येक दिन त्यो मृत्युलाई छिचोल्दै साना–साना पत्र बन्दै फक्रन्थे कसैको चाहानामा मेटिनु काँडाहरुको बन्धनलाई समीपमा भेटिनु कैसैको रङ्गिचङ्गि गमलामा सजिनु यो घाम, पानी,शीत,तुसारोमा मिल्नु आफ्नै मालीले फक्रन नपाउँदै लुछेर फाल्नु मेरा कोमलता खुवाउन कै लागि त्यो जनावर पाल्नु यो सबै प्रकृतिको नियम ठान्दथे । प्रत्येक महिना ! डाँठ काटिएर निस्किएको त्यो, चोपमा लत्पतिदै मुस्कुराएर म फक्रन्थे कहिले मन्दिरमा मुर्ति सामु मुस्कुराउनु ! कहिले मलामीहरु सँगै चितामा रुनु कराउनु ! ...

गजल अभियान सिन्धुपाल्चोकमा सुन्दर

ब्रेकिङ न्युज २, साहित्य
आधुनिक नेपाली गजल अभियान सिन्धुपाल्चोकको अध्यक्षमा सुन्दर शिरीषलाई चयन गरेको छ । शिरीषको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको छ । गजल अभियानको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा विजय नेपाल, सहसचिवमा ललिता गजमेर, कोषाध्यक्षमा रस्मिला खत्री चयन हुनुभएको छ । समितिको सदस्यहरुमा केशवप्रसाद अधिकारी, सुरशेकुमार थामी, मेनुका कटुवाल, दुर्गाबहादुर श्रेष्ठ, उमेश विक, सानुमाया तामाङ रहनुभएको छ । गजल अभियानको सल्लाहकारमा भने अमित घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा जीवन श्रेष्ठ र किशमा किशोर रहनुभएको छ । त्यस्तै सोहि भेलाले मानार्थ सल्लाहकारमा सुरेश कसजू, बिपिन सलामी र बाबु त्रिपाठीलाई स–सम्मान सामेल गराएको छ ।...

केवल तिमी

साहित्य
साहित्य प्रेमी (निर्मला पुरी ) युवा हो ! देशको निम्ति अन्मोल सौगात बन्नु तिमी । बसन्त ऋतुमा पाउलिएको, सुन्दर पात बन्नु तिमी ।। नओइलाउनु नमुर्झाउनु कहिलै नझर्नु पारिजात झै ! बिहानी बोकेर ल्याउने, चम्किलो त्यो रात बन्नु तिमी । तानिएलान सामन्तीहरु बाट ती प्रगतिका पाइलाहरु, इतिहासमा लेखिने अमर बिरताको बात बन्नु तिमी ।। यो भत्किएको भित्ता अब तिमी बाटै जोडिनुपर्छ । यो वृद्ध आमा बाबुको, साहारा दिने हात बन्नु तिमी ।। खुशी सारा लुटिएर सहयोगको बाटो हेर्दै छन् यहाँ, उनीहरूको बाँच्ने केवल एउटा राहत बन्नु तिमी ।। (उदयपुर)...

गजल

साहित्य
गोमा कुमाल एकान्त नै सहि बरु तिमी भएपछि चाहिंन्नन् कोही अरु तिमी भएपछि । स्वर्गसम्म पुगिन्न कि, भन्ने पिर छैन मलाई तारिदिने सरू तिमी भएपछि । कहाँबाट परून् कुनै बिघ्न बाधाहरु मेरा बाधा टार्ने चरु तिमी भएपछि । मेरो रूप मगमगाउन कुनै कमी छैन मेरा खुशी फुल्ने तरु तिमी भएपछि । सातै सुर र नव रस बोलीमै छ तिम्रो के बाँशुरी, के डमरु तिमी भएपछि । (माथागढी– २ रुप्से , पाल्पा)...

गजल

साहित्य
फस बहादुर न्यौपाने विहानिमा झुल्केघाम अंधेरीमा जुन नयाँ नयाँ कुरा चल्छ पंधेरीमा सुन । गोप्य कुरा खोल्दा खेरी अर्काको सामु झलमल लाग्नुपर्छ अंधेरीमा जुन । हिमालमा हिउँ पर्छ, घरबारीमा फूल भमरा हरु आँउनु पर्छ अधेरीमा जुन । माहुरीहरु जमघट भई मह बनाउँछन् बाटोघाटो हिड्नु पर्छ अँधेरीमा जुन । रातोमाटो चिप्लोबाटो हिड्नु ठम्याएर यात्रा सफल हुनु पर्छ अंधेरीमा जुन । टोल छिमेक गाउँघर मिलेकै राम्रो सफा मन हुनु पर्छ अंधेरीमा जुन । मुर्खताले चाडै झर्छ लाग्ने हतियार चित्त राम्रो पार्नुपर्छ अंधेरीमा जुन । चेतना भरिनाले देशको हुन्छ बिकास गाउँ सहर फैलियुन अंधेरिमा जुन ।...

गजल

साहित्य
टिका खड्का मायाँमा नै हारें मैले जितको बयान नगर भो ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो । सबै टाढा हुँदा रैछन् दुःखै दुःख पर्दाखेरि सुख हुँदा नजिक आउने मीतको बयान नगर भो । ठूलै वर्षा हुनुपर्छ हरियाली छाउन यहाँ झुल्कै घाममै सुकी जाने शीतको बयान नगर भो । मानव भन्नु सबै उस्तै छैन फरक रतिभर मान्छे मान्छे फरक ठान्ने रीतको बयान नगर भो । मिठो लाग्छ छङ्छङ् गर्ने छहराको मधुर धून मुटु रेट्ने बिरही त्यो गीतको बयान नगर भो ।...

रोपौँ नवयुगका बीजहरु

साहित्य
साहित्य प्रेमी (निर्मला पुरी ) पकाएर भरे खाउला भनी साँच्दैछ ढुङ्गा पनि, एकदिन त सुख् आउला भनी काट्दैछ दुख् पनि चुहिन्छ धुरीबाट बर्षादको पानी पिएर पसिना नुनिलो हरदम बित्दछ गरिबको जिन्दगानी ।। लुटिन्छ मध्य दिनमै अस्मिता चाहिदैन् त्यो भयानक रात ! उठाई घुम्टो चिहाए मात्रै बाहिर, लाग्दछ अनेकौं लालछना र बात ।। मौलाए यो देशमा राष्ट्रघाती झार युवाकै काँधमा छ राष्ट्रियताको भार । गरीबको भोक र शोकमा गरेर राजनीति देशै बेचेर खादैछन् हेर बिगारेर मति ।। हे ! युवा हो चलाउ पाखुरी अब, वीरताले नै हो सहिदले परिवर्तन ल्याका यो राष्ट्रले खोज्दैछ तिमीलाई, गाउँदैछ उन्नतिको भाका ।। फालिदेउ सामन्तीका झन्डाहरु ! आऊ हामी हातेमालो गरौँ उजाडीएका जिन्दगीमा नयाँ रङ्ग भरौँ रोपौँ नवयुग आऊ चेतनाका बीजहरु छरौँ ।। ( उदयपुर)...

राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ लोकार्पण

ब्रेकिङ न्युज १, साहित्य
समाजसेवी , शिक्षा प्रेमी तथा राजनितिका त्रिआयामिक ब्यक्तित्व राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ ‘विवृत जीवन’ लोकार्पण गरिएको छ । कार्कीको ७७ औं जन्मोत्सवको अवसर पारेर सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा विवृत जीवन प्रकाशन समितिले तीन वर्षको मेहनतपछि पुस्तक तयार पारी आज नेपाल सरकारका पुर्व सचिव पुण्यप्रसाद न्यौपानेले सो पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण पछी मन्तब्य राख्दै नेपाल सरकारका पुर्व सचिव न्यौपानेले रामबहादुर कार्की एउटा सँघर्षको र स्वाभिमानको प्रतिक भएको वताउनुभयो । उहाँले रामबहादुर परिवर्तनको धार भएको बताउँदै आगामी दिनका लागी यस्ता पुस्तक प्रकाशनले सभ्यताको जगेर्ना गर्ने धारणा राख्नुभयो । चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद पौडेलले मर्नुभन्दा अगाडी धेरै बाटाहरु हिड्नुपर्ने बताउँदै नगरपालिकाले यस्ता मुर्धन्य ब्यक्तिहरुको पुस्...