सम्पर्क

साहित्य

मौसम तथा जलवायु सूचना सेवा(WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

मौसम तथा जलवायु सूचना सेवा(WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, साहित्य, स्वास्थ्य
  ५ बैशाख २०८३ चौतारा ,सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम चौतारामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको सभा हलमा सम्पन्न कार्यक्रम उद्घाटन र तालिम गरि दुई सत्रमा सन्चालन भएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रमको उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक बन उपभोक्ता महासंघको संचालन र यस्ले वन व्यावस्थापन, यस भित्रको सुशासन, सामुदायिक वन उपभोक्ता समूह मैत्री निति निर्माण्मा खेलेको भूमिका र अन्य समसामयिक विषयमा जानकारी गराउँनु भएको थियो उँहाले बन सरक्ष...
आमाको सम्झनामा चौतारा बृद्धआश्रममा भोजन

आमाको सम्झनामा चौतारा बृद्धआश्रममा भोजन

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व जेष्ठ ४गते शुक्रबार देशभर आमा हुने हरुले आमालाई मीठा–मीठा खानेकुरा दिएर र नहुनेहरुले मातातिर्थ तथा बिभिन्न मठमन्दीरमा गएर आमाको नाममा दान गर्ने र बृद्ध आश्रममा गएर मिठा मिठा भोजन गराएर आफना आमाको सम्झना गरेर मनाइएको छ ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका ५मा रहेको चौतारा बृद्धआश्रममा पनी आमाको सम्झनामा आश्रममा रहनुभएका आमा बुबाहरुलाइ मिष्ठान भोजन गराइएको छ । चौतारासाँगाचोकगढी नगरपालिका १४का नेत्र बहादुर बस्नेतले उँहाको स्वर्गीय माता सुन्तोली देबी बस्नेत र पिता किलीपबहादुर बस्नेतको सम्झनामा त्याँहा रहनु भएका आमा बुबाकाहरुलाइ खाना खुवाउँनका लागी आर्थीक सहयोग गर्नु भएको थियो । यसै गरी सोही वडाका खिनकुमारी बस्नेतले उँहाका आमा स्व नन्दकुमारी नेपाल र पिता स्व यमबहादुर ...
कला–संस्कृतिबाटै देशको पहिचान बोल्ने ःमाननीय पुकार बम

कला–संस्कृतिबाटै देशको पहिचान बोल्ने ःमाननीय पुकार बम

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
  प्रतिनिधि सभा सदस्य पुकार बमले कला–संस्कृतिबाटै देशको पहिचान बोल्ने भएकाले कला–संस्कृतिको संरक्षण गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । नब बर्षको अबशरमा वैशाख १ गते सांस्कृतिक संस्थानको मेगा हल, जमल, काठमाडौँमा भएको “शुभारम्भ सांस्कृतिक साँझ – २०८३”को उद्धघाटन गर्नु हुँदै उँहाले यस्तो बताउँनु भएको हो प्रमुख अतिथीका आशनबाट बोल्दे माननीय बमले देशमा सुशासन स्थापना गर्दै कला क्षेत्रमा राज्यनीति बनाउने विषयमा आफूले सकेको योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांस्कृतिक संस्थानको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य, लालीगुराँस मिडिया नेटवर्क को मिडिया पार्टनरमा रैथाने कृषि एग्री प्रडक्टस्को फूड पार्टनरमा सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम गरीएको कार्यक्रममा कलाकारलाई राष्ट्रको गहना भनेर सम्बोधन गरेतापनि व्यावह...
मन्त्रिपरिषद् बैठकको निर्णय : जेनजी अन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न ‘सुरक्षा संयन्त्र’ का हकमा अध्ययन समिति गठन

मन्त्रिपरिषद् बैठकको निर्णय : जेनजी अन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न ‘सुरक्षा संयन्त्र’ का हकमा अध्ययन समिति गठन

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २ वैशाख : सरकारले गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई रहनुभएको छ । मन्त्रिपरिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोषमा स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने एक मिलियन स्वीस फ्रान्क अनुदान सहायता प्राप्त ग...
कृषीमा आत्मानिर्भरता बनाउँने सरकारको प्रतिबद्धता

कृषीमा आत्मानिर्भरता बनाउँने सरकारको प्रतिबद्धता

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सरकार गठन हुँदाको बखत जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यन्वयनमा सरकाले चासो देखाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकार सञ्चालनको शुरुमा गरिएको प्रतिबद्धताको बुँदा नं. ३ का आधारमा बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबीचको साझा स्वामित्व स्थापित गर्न ल्याइएको यस प्रतिवद्धतालाई आगामी आर्थिक वर्ष २०८३÷८४ र त्यसपछिका वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गरिनेछ। यसको अन्तरनिकाय समन्वय र अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।प्रतिवद्धतापत्रमा आर्थिक स्थायित्व र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। आगामी पाँच वर्षभित्र औसत ...
क्षेत्र नं २का माननीय युबराज दुलाल द्धारा प्रधानमन्त्री समक्ष ८बुदे प्रस्ताब

क्षेत्र नं २का माननीय युबराज दुलाल द्धारा प्रधानमन्त्री समक्ष ८बुदे प्रस्ताब

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, साहित्य
काठमाडौँ, ३० चैतः सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र न २का सााद माननीय युबराज दुुलाल शरद ले प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको अबशरमा तत्काल सम्बोधन गर्न पर्ने ८बुदे प्रस्ताबहरु प्रस्तुत गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२÷८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको थियो ।सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो ।छलफलमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य युवराज दुलाल शरद ल...
क्षेत्र नं १का माननीय भरत पराजुलीको सम्माननीय प्रधानमन्त्रीलाइ २८बुदै र प्रस्ताब

क्षेत्र नं १का माननीय भरत पराजुलीको सम्माननीय प्रधानमन्त्रीलाइ २८बुदै र प्रस्ताब

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० चैतः प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२÷८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो ।छलफलमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य भरत प्रसाद पराजुली ले प्रधानमन्त्री बालेन शाह समक्ष जिल्लाका विभिन्न महत्वपूर्ण मागहरू प्रस्तुत गर्नु भएको छ। उँहाले तत्काल बिशेष सम्बोधन भैहाल्नु पर्ने बिषयहरुमा , प्रधानमन्...
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

Uncategorized, अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । ...
संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्त्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । यही अवस्थाबाट वर्तमान सरकारले जनताका चाहना र भावना पूरा गर्नुपर्नेछ ।” राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छः सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरू, १. भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ । २. सर्वप्रथम, म नेपाली जनताले पटकपटक गरेका ऐतिहासिक आन्दोलन,...
नेत्र ज्योती कृषी सहकारीको तालिममा गोलभेडाको व्याड

नेत्र ज्योती कृषी सहकारीको तालिममा गोलभेडाको व्याड

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेत्र ज्योती कृषी सहकारी सस्था ले स्थानीय स्तरमा उत्पादन हुने तरकारी उत्पादन गर्ने तरिका र त्यस्ता प्रकारका तरकारीहरुको बजारी करण गर्नका लागी नगरपालिकाको वडा नं २ बतासेमा १० दिने तालिम सञ्चान गरिरहेको छ ।  वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख अतिथ्यतामा २४गते देखी शुरु भएको तालिम सञ्चालन अन्तरर्गत मङ्गलबार गोलभेडाको बिउ उमार्न आबश्यक पर्ने ब्याड निर्माण गर्न सिकाइएको थियो भने बुधबार बिउ राख्न सिकाइएको छ । अब गोलभेडाको बेर्ना उत्पादन भए पछी बिरुवा रोप्न सिकाइने छ भने गोलभेडा, काउली, मेथी लगाएतका अचार बनाएर लेवल टासी बजारिकरणका लागी तालिम दिन लागीएको सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो । बिउ रोप्न सिकाउँदै सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले बिउको दानमा कमीला लाग्ने भएकाले कमीलाबाट बचाउँन पर्ने र माटो सफा गरि मलको व्यवस्थ ागर्न पर्ने बारेमा समेत जानकारी गराउँनु भएको थि...