सम्पर्क

स्वास्थ्य

शिक्षक अस्पतालका लागि जग्गा ः समितिले बुझायो चितवन उपयुत्त हुने प्रतिवेदन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
माघ ५ गते, काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने भनेको छ । समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहे...

तातोपानी नाकामा उच्च सतर्कता

ब्रेकिङ न्युज २, स्वास्थ्य
नेपालमा कोरोना भाइरसको सँक्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ । कोरोना सँक्रमण सुरु भएदेखि नै नेपालको उत्तरी छिमेकी चीनसँगको सीमा प्रायः बन्द अवस्थामा छन् । कोरोना भाइरस सँक्रमण बढ्न थालेपछि तातोपानी नाकामा स्वास्थ्य सुरक्षासम्बन्धी उच्च सतर्कता अपनाउन थालिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले चीनको तिब्बत हुँदै नेपाल भित्रिने मालवाहक कन्टेनरलाई मितेरी पुलबाटै निर्मलीकरण गरिने जानकारी दिनुभयो । उहाँले खासाबाट भित्रिने कन्टेनरका सामान मितेरी पुलबाटै २४ घण्टाभन्दा बढी समय क्वारेन्टाइनमा राखेर भन्सार कार्यालय ल्याइने गरेको बताउनुभयो । खासाबाट मितेरी पुलको बीच भागसम्म ...

निस्क्रिय बन्दै खानेपानी तथा स्वच्छता समन्वय समिती

ब्रेकिङ न्युज १, स्वास्थ्य
जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको चौतारामा वैठक सम्पन्न भएको छ । गैरसरकारी सँस्था महासँघ सिन्धुपाल्चोकको समन्वय र जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समितीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले समग्रमा जिल्लाको सरसफाइ अभियानलाई गति दिनका लागि छलफल हुन छाडेको धेरै भैसकेको बताउनुभयो । जिल्ला खुला दिसामुक्त घोषणा भएपछि साँचो अर्थमा समितिको बैठक बसेर जिल्लाको सरसफाई अवस्थाको समीक्षा हुन नसकेकोमा अधिकाँश सहभागीहरुले चिन्ता ब्यक्त गरेका छन् । जिल्लाभित्र सरसफाइ तथा स्वच्छताका समस्या नै निमिट्यान्न भएकोले समितिहरु निस्क्रिय भएका होइनन् । समस्याको स्वरुप र गहना बदलिएका छन्, स्थानीय तह र समुदायका प्राथमिकता फेरिएका छन् । समग्रमा, सबै जिल्लाभर नै सरसफाइ प्रवद्र्धनको जुन माहोल थियो, त्यो अहिले सेलाएर गएको बुझाइ जिल्ला तहका साझेदारहरुको समेत छ । “...

चौतारामा कम्युटरमा आँखा जाँच गर्ने प्रविधीको सुरुवात

ब्रेकिङ न्युज १, स्वास्थ्य
तिलगँँगा आँखा केन्द्रको सहयोगमा सिन्धुपाल्चोकको चौतारामा रहेको सामुदायीक आँखा केन्द्रमा कम्युटरमा आँखा जाँच गर्ने प्रविधी ल्याईएको छ । जिल्ला समन्वय समितिको हलमा गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रको सामाजिक लेखापरिक्षण कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो । तिलगँगा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाईटी , चौतारा साँगाचोकगढी नगरपालिका र द फ्रेड होलवज फाउण्डेसनको सँयुक्त आयोजनामा उक्त सामाजिक लेखापरिक्षण गरिएको हो । सामाजिक लेखापरिक्षण कार्यक्रममा दुर शिक्षा प्रविधि सिन्धुपाल्चोकमा ल्याउन सरोकारवाला निकायसँग पहल गरिने समेत बताईएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका बालवालिकाको निशुल्क आँखा परिक्षण गरी चस्मा आबश्यक हुनेहरुका लागी चस्मा समेत वितरण गर्ने भएको छ । सामुदायिक आँखा अस्पतालले १० वजेदेखी २ वजेसम्म दिदै आएको सेवा अवदेखी ९ बजेदेखी ६ बजेसम्म दिने पनी जानकारी गराईएको छ ।...

सिन्धुपाल्चोकका सबै विद्यालयमा कोरोना विरुद्धको खोप

ब्रेकिङ न्युज २, स्वास्थ्य
सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालने भएको छ । स्वास्थ्य कार्यालयद्धारा सँचालित स्वास्थ्य सम्बन्धी गतिविधी विषयक अन्र्तक्रिया कार्यक्रममा १२ वर्ष देखि १७ वर्ष उमेर समुहका सबै बालबालिकालाई सो खोप दिन लागिएको बताईएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाँईका अनुसार सिन्धुपाल्चोकका करिब २८ हजार बालबालिकालाई तेस्रो चरणको खोप अभियान अन्तर्गत तीन दिन भित्रमा मोडर्ना खोप लगाई सक्ने योजना छ । उहाँका अनुसार विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समुहका बालबालिकाले समेत नजिकको खोप केन्द्रबाट खोप सक्नेछन् । माध्यमिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा लिन सकिनेछ । यो खोप पहिलो डोज लगाएपछि २८ पछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको विस्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ...

सिन्धुपाल्चोकका ३२ वटा एम्बुलेन्समा अनलाइन जिपीएस ट्राकिङ्ग सुरु

ब्रेकिङ न्युज १, स्वास्थ्य
सिन्धुपाल्चेकमा रहेका ३२ वटा एम्बुलेन्सहरुलाई अनलाइन जिपीएस ट्राकिङ्ग सुरु गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको र फोन नउठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भनेर जवाफ आउने गरेको प्रसस्तै उदाहरणहरु छन् । सोही वाध्यता अन्त्य गर्नको लागि वागमती प्रदेश प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले यो अभियान सुरुवात गरेको हो । एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले हाल सिन्धुपाल्चोकका ३२ वटा एम्वुलेन्सहरुमा एक्डिभाइस जडान गरी धुलिखेलमा रहेको डिप्याच सेन्टरमा जडान गरिएको हो । स्वास्थ्य कार्यालयद्धारा सँचालित स्वास्थ्य सम्बन्धी गतिविधी विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापा...

बालबालिकामा ह्याण्ड, फुट एन्ड माउथ डिजिजको जोखिम

स्वास्थ्य
‘चिसो मौसममा रुघाखोकी गराउने कोरोना भाइरसले बालबालिकालाई बढी सताउँछ’ अस्पतालका बाल रोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्टले यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । उहाँले भने,‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज भन्ने बढेको छ ।’ गत वर्षको तुलनामा यो वर्ष अलि बढी देखिएको डा. विष्ट बताउनुहुन्छ । उहाँले भन्नुभयो ,‘धेरै वर्षदेखि देखिएको थियो ।’ सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रवीन्द्र शर्मा पनि यो सँक्रामक रोग फैलिएको बताउँनुहुन्छ । केही दिन अघिसम्म यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको धेरै नै रहेको डा. शर्माले जानकारी दिनुभयो । तर, केही दिन यता भने त्यस्ता बालबालिकाको सँख्या कम भएको उहाँ बताउनुहुन्छ । डा. शर्माले भन्नुभयो । ‘२÷४ दिन भयो शान्त हुन थालेको छ । नत्र धेरै नै स्कुले बालबालिका आएका थिए ।’ ह्याण्ड, फुट ...

जाडोमा ‌ओठ फुट्नबाट जोगाउने ५ उपाय

जिबनशैली, स्वास्थ्य
लिपबाम दल्नुस् समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ। स्क्रब गर्नुस् फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन। नकोट्याउनुस् ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ। बाममाथि लिपस्टिक लगाउनुस् जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ। ओठ नचाट्नुस् जाडोमा ओठ सुखा हुने भ...

डब्ल्यूएचओले भन्यो– कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्छ

समाचार, स्वास्थ्य
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक अधिकारीले कोभिडविरुद्धका खोपले नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ भेरिएन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएपछि डब्ल्यूएचओका डा. माइक रायनले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘हामीसँग धेरै प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्म गम्भीर बनाउने र अस्पतालमा भर्ना गराउने सबै प्रकारका भेरिएन्टविरुद्ध प्रभावकारी सावित भएका छन् । ती खोपको प्रभाव ओमिक्रोनमा कम हुनेछ भनेर चिन्ता लिनुपर्ने कुनै कारण छैन’, डा. रायनले एएफपी समाचार संस्थालाई भन्नुभयो । प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसलाई डेल्टा भेरिएन्टभन्दा बढी बिरामी नपार्ने देखिएको उहाँको भनाइ छ । भर्खरैमात्र दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले फाइजर÷बायोएनटेक भ्याक्सिन अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनमा ४० प्रतिशत क...

पाँचपोखरीमा महिनावारी स्वच्छताको आशालाग्दो थालनी

ब्रेकिङ न्युज २, स्वास्थ्य
महिनावारी स्वास्थ्य, सरसफाइ तथा स्वच्छता सम्बन्धी भ्रम र अन्धविश्वासहरुलाई चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सजना गर्नका लागि विद्यालयलाई प्रवेश विन्दुको रुपमा लिइन्छ । यसैलाई आत्मसाथ सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउपालिकाका सम्पुर्ण विद्यालय तथा स्वास्थ्य चौकीमा सेनिटरी प्याड उपलब्ध गराइएको छ । विद्यालयका छात्रा तथा अन्य महिलाहरुलाइ महिनावारी हुँदा समस्या नहोस् भनेर पालिकाका हरेक विद्यालय र स्वास्थ्य संस्थामा पर्याप्त सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणी पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागि सेनिटरी प्याड बितरण गर्न थाले पछि विद्यार्थीहरुलाइ राहत मिलेको छ । महिनावारी हुदाँ देखा पर्ने समस्याका कारण छात्राहरुको विद्यालयमा उपस्थिती न्यून हुन्थ्यो विद्यालयकै समयमा महिनावारी भइ हालेमा बिभिन्न बाहाना...