महिनावारी स्वास्थ्य, सरसफाइ तथा स्वच्छता सम्बन्धी भ्रम र अन्धविश्वासहरुलाई चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सजना गर्नका लागि विद्यालयलाई प्रवेश विन्दुको रुपमा लिइन्छ । यसैलाई आत्मसाथ सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउपालिकाका सम्पुर्ण विद्यालय तथा स्वास्थ्य चौकीमा सेनिटरी प्याड उपलब्ध गराइएको छ । विद्यालयका छात्रा तथा अन्य महिलाहरुलाइ महिनावारी हुँदा समस्या नहोस् भनेर पालिकाका हरेक विद्यालय र स्वास्थ्य संस्थामा पर्याप्त सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणी पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागि सेनिटरी प्याड बितरण गर्न थाले पछि विद्यार्थीहरुलाइ राहत मिलेको छ । महिनावारी हुदाँ देखा पर्ने समस्याका कारण छात्राहरुको विद्यालयमा उपस्थिती न्यून हुन्थ्यो विद्यालयकै समयमा महिनावारी भइ हालेमा बिभिन्न बाहाना बनाएर कक्षा छाड्ने गर्थे तर अहिले त्यस्तो अबस्था छैन । किशोरीहरु खुलेरै कुरा गर्छन सेनिटरी प्याड माग्छन् लजाउँदैनन । थाङपालधाप माविको शिक्षिका ज्ञानी बस्नेत बताउनुहुन्छ ।
