सम्पर्क

ब्रेकिङ न्युज २

सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस : मिडियाको समृद्धिका लागि सार्थक बहसको अपिल

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २० वैशाख (रासस) : विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै गर्दा नेपाली प्रेस अझै पनि असुरक्षाको सामना गर्दै अघि बढिरहेको तथ्य हामीमाझ छ । प्रेसमाथिको निरन्तर आक्रमणलाई संसारभर नै रोक्न भने सकिएको देखिँदैन । नेपाल पनि अपवाद छैन । स्वतन्त्रताको प्रचुररूपमा उपयोग गर्ने, गर्नका लागि सबैलाई प्रोत्साहित गर्ने र स्वतन्त्रताको सधँै पैरवी गर्ने दायित्व बोकेको सञ्चार क्षेत्रले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई त्यो दायित्व बहन गर्नबाट च्युत भने गरेको छैन । यो विशेषता नेपाली प्रेसले पनि निर्वाह गर्दै आएको छ । शाहीकाल, भूकम्पको काहालीलाग्दो अवस्था, कोरोनाकालजस्ता अत्यन्त असहज र असुरक्षित अवस्थामा पनि आफ्नो दायित्व निर्वाह गरेर नेपाली पत्रकारिता क्षेत्रले आफूलाई प्रस्तुत गर्दै आएको हो । नेपाल पत्रकार महासङ्घको अभिलेखअनुसार सन् २०२२ को मे ३ देखि २०२३ अप्रिल २६ सम्म प्रेस स्वतन्त्रता हनन्का ५५ वट...

सार्वजनिक पदधारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालय पढाउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्र्नेे निर्णय गरेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थी घटिरहेको बेला विद्यालयहरुलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तरलाई माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो । सामुदायिक विद्यालयको स्तरलाई सुधार गर्न जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सार्वजनिक पदधारण गरेका व्यक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । जनप्रतिनिधि, शिक्षक कर्मचारीहरुले आफ्ना सन्तानहरुलाई निजी विद्यालयमा पढाइरहेको सर्वत्र आलोचना भएपछि गाउँपालिकाले निर्णय गराएर नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सन्तान सामुदायिक विद्यालयमा नै पढाउनु प...

सिलाई कटाई तालिम उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका–९ कदमबासमा दुई महिने सिलाई कटाई सिप विकास तालिम उद्घाटन भएको छ । तालिमको नगरपालिका उपप्रमुख सिता थापाले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा उपप्रमुख थापाले तालिममा सिकेको सीपलाई व्यवहार उतार्नुपर्ने बताउनुभयो । सिपलाई सिर्जनामा बदली आर्थीक स्तर उकास्न सुझाब दिदै उहाँले तामिलको शुभकामना समेत दिनुभएको थियो । साथै ‘तालिबाट लिएको ज्ञानको सदुपयोग गर्दै व्यासायी बन्नु पर्नेमा जोड दिएका छन् ।...

टोप्काभीरमा ‘फ्ल्याग स्टोन’ बाटो

ब्रेकिङ न्युज २, समाचार
बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् । बागमती प्रदेश सरकारको २५ लाख आर्थिक सहयोग र २० प्रतिशत स्थानीय जनश्रमदानमा साढे चार किलोमिटर गोरेटो बाटो निर्माण भएको छ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, काँगे्रसका तर्फबाट बलेफी गाउँपालिकाका अध्यक्षका प्रत्यासी सुवास तिमल्सिनाको बिशेष पहलमा प्रदेश सरकारबाट बजेट प्राप्त भएको थियो । टोप्का भीर रेलिङ निर्माण उपभोक्ता समितिद्वारा निर्मित सो बाटोमा प्रदेश सरकार अन्तर्गत (बलेफी गाउँपालिकाबाट) २४ लाख २५ हजार, जनश्रमदानबाट ४ लाख ९२ हजार ६२१ रुपियाँ ८० पैसागरी कूल २९ लाख १७ हजार ६२१ रुपियाँ ८० पैसा लागत रहेको छ । २०७९ पुस १३ बाट बाटो निर्माण शुरु भई २०८० बैशाख ३० गते सम्पन्न हुने अबधि रहेक...

मखमल र परालको जुत्ता बुन्ने तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा मखमल र परालको जुत्ता बुन्ने तालिम मेलम्चीमा सोमबार सम्पन्न भएको छ । सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ सुरु भएको तालिम मेलम्ची नगरपालिकाको आयोजनामा सुरुभएको एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिमको समापन गर्नुहुँदै नगर प्रमुख तामाङले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै बजारको ब्यबस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सिकेका कुराहरुलाई निरन्तरता दिदैं आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बन...

महाबिर पुनको अनशन राजनितीक समर्थन ऐक्यबद्धता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्वदेसी उत्पादनलाइ मान्यता दिन लगाएत बिभिाँ मागहरु राखी माइतीघरमा अनशन बस्नु भएका महाबिर पुनको आन्दोलनलाइ बिभिन्न राजनिती दलका नेताहरु, समाजीक सघ सस्थाहरुले ऐक्यबद्धता जनाएका छन । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको राप्रपाको नेतृ बागमती प्रदेस सभा सदस्य माननीय कुमारी तामागंले जानकारी दिनु भयो । उँहाका अनुसार धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको समुह...

संगठन सुदृढीकरण अभियान चलाउँदै काँग्रेस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाले संगठन सुदृढीकरण अभियान चलाउने भएकोे छ । जिल्ला पाटि सभापति जङ्ग बहादुर लामाको अध्यक्षतामा बसेको पु्र्ण बैठकले वडातहसम्म सुदृढीकरण गर्ने र बाँकि रहेका विभागहरु गठन गरी सवै विभाग लाई पुर्णता दिने लगायतका निर्णयहरु गरेको पाटि प्रबक्ता नवराज भटराईले बताउँनुभयो । उहाँका अनुसार बाग्मती प्रदेशमा निर्वाचित शिक्षक संघका उपमहासचिव भेषराम पौडेल बाग्मती प्रदेश सदस्य कल्पना मोक्तान केशव डोटेल, शिक्षक संघ केन्द्रीय सदस्यतुल्सी प्रसाद दंगाल ,नेपाल ट्रेड यूनियन कांग्रेस संघ संग आवद्द गैलैचा मजदुर संघ वाग्मती प्रदेश अध्यक्ष बुद्ध तामाङलाई सम्मान गरेको थियो । बैठकले विभाग गठनको सम्पूर्ण अधिकार सभापतीलाई दिने निर्णय समेत गरेको छ ।...

फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई काठमाडौं महानगरपालिका – ६ को बौद्ध कुमारीगालबाट प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका – १ बस्ने ४० वर्षिय देवी प्रसाद चौलागाईलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो । उनलाई वैकिङ कसूर मुद्दामा २०७६ भदौ २ मा ७ दिन कैद र जरिवाना रु १,००,०००।– (एक लाख) रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि बिहिबार नै सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरि कैद जरिवाना सजाँय असुल उपरका लागि जिल्ला कारागार कार्यालय चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।...

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

ब्रेकिङ न्युज २, समाचार
भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलेकै अवस्थामा फर्किएको छ । भूकम्पले क्षति पु¥याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टेको पुनर्निर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रंगिन ध्वजापताकाले सिंगारिएको सिंगो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पती र वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । पर्यटकीय गाउँ हेलम्बु आइपुगेका जाउलाखेल ललितपुरका विपुल शाक्य यहाँको सौन्दर्य देखेर छक्कै पर्नुभयो । राजधानीको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने बहानामा हेलम्बु आईपुग्नुभएका उहाँले आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दंग पर्नुभएको थियो । भूकम्पले गुम्बाको सहर भनेर चिनिने हेलम्बुको धार्मिकस्थलको ग्राउन्ड जिरो बनायो ...

शिक्षा सुधार गर्न धुस्कुनमा दुईदिने कार्यशाला सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका – ३ धुस्कुनको महेन्द्रप्रताप माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न दुईदिने कार्यशाला आइतबार सम्पन्न गरिएको छ । शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि शिक्षामा परिवर्तन ल्याउने उद्देश्यले कार्यशाला गरिएको हो।गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले कार्यशालाको उदघाटन गर्नुभएको थियो भने विशिस्ट अतिथि तथा शिक्षाविद बिद्यानाथ कोइराला र स्थानीय अनुभवी सहजकर्ता चक्रबहादुर बस्नेतले कार्यशालामा सहजीकरण गर्नुभएको थियो । महेन्द्रप्रताप माबिका शिक्षक बलराम नेपालले संचालन गर्नु भएको कार्यक्रम वडा शिक्षा समितिका अध्यक्ष तथा वडा अध्यक्ष शिवकुमार कार्किको सभापतित्वमा कार्यक्रम भएको थियो । वडा नं. ३ धुस्कुनका ६ वटा विद्यालयको सम्पुर्ण शिक्षकहरु तथा विद्यालय व्यावस्थापन समितिको अध्यक्षहरुको उपस्थिति रहेको थियो । दुई द...