सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ नेकपा माओबादीबाट निर्बाचीत वडाध्यक्ष शेरबहादुर श्रेष्ठसहित दर्जनोै कार्यकर्ता एमाले प्रबेश गर्नु भएको छ ।
नेकपा एमालेका जिल्ला सदस्य राजु नेपालका अनुसार श्रेष्ठसँगै निर्वाचित वडा सदस्य शर्मिला रसाइली, लगायत पचासौ जना नेता कार्यकर्ता सोमबार नेकपा एमाले प्रबेश गरेको हो । नेकपा एमाले का अध्यक्ष पुर्ब प्रधान मन्त्री खड्क प्रसाद ओलीले श्रेष्ठसहितको टोलीलाई टिका र खादा लगाई एमाले प्रबेश गराउँनु भएको हो । श्रेष्ठ सहीतका कार्यकर्ताहरु केपी निबास स्थल बालकोटमा गएर पाटी प्रबेश गर्नु भएको हो । पाटी प्रबेस गराउँदै पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्गले ढुक्क भएर एमालेलाइ जिताउँन लागी पर्न निर्देशन दिदै स्थानीय बिकासका लागी आफुहरु सँधै लागी पर्ने बताउँनु भयो ।
