सिन्धुपालचोक जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला भएर राष्टीय प्रजातन्त्र पाटीका उमेदवार हरुले भ्रष्टचार नगर्ने प्रतिबद्धता सहीत कसम खाएर चुनाबी प्रचार प्रसारमा लागेका छन ।
सम्बैधानकि राजतन्त्र र हिन्दुराष्ट स्थपनाको माग गर्दै आएको राप्रपाको केन्द्रीय सदस्य एस्मीन ढुङ्गना र पुर्ब केन्द्रीय सदस्य पुस्कर ढुङ्गेलको रोहबरमा चौतारा साँगाचोकगढी नगरपालीकाका नगर प्रमुख उपप्रमुख र वडाका उमेद्वारहरुले कसम खानु भएको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला भएर राप्रपाले आफ्ना पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेदवार बनाएइकाहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको राष्टी प्रजातन्त्र पाटी क्षेत्र नं २ प्रदेस क का उपाध्यक्ष मदन केसी ले जानकारी दिनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य एस्मीन ढुङ्गनाले राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले केहि दिन अघि राजधानी बोल्दै भ्रष्टाचार गरेर पैसा खानू आमाको रगत खानु सरह हो भन्दै भ्रष्टचार नगर्ने कसम खुवाएर मात्रै उम्मेदवार बनाउने बताउनुभएको र हामीले पनी सोही अनुसार गरेको बताउँनु भएको थियो ।राप्रपा चौतारा साँगाचोकगढी नगरपालिकाकी मेयर उम्म्ेदवार सुन्तली ढुँगेललगायतका उम्मेदवारहरु ले कसम खाँदै आफुहरु जनताको मन जितेर निर्बाचित हुने अनाबश्यक खर्च पनी नगर्ने भ्रष्टचार पनी नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।कार्यक्रममा नेता पुष्कर ढुङ्रगेलले जनताको मन जितेर राप्रपाको देशभर सङ्गठन बलियो बन्दै गएको बताउँदै सिन्धु पाल्चोकमा पनी सङ्गठन राम्रो भएकाले आगामी निर्बाचनमा मेहनत गरेर जनताको घर दैलोमा गइ मत माग्न र आफु बिजय बन्न उमेद्वारहरुलाइ अनुरोध गर्नु भयो ।
