सिन्धुपाल्चोकजिल्ला को मेलम्चीमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बसेको छ । सोम बार मेलम्चीको मुख्य निर्वाचन अधिकृत निमा घिमिरको संयोजकत्वमा बसेको बैठकमा राजनीतिक दलहरूले आचारसंहिता विपरीत प्रयोग गरिएका प्रचार सामग्री २४ घण्टाभित्र हटाउने प्रतिवद्धता जनाएका छन् ।
मेलम्चीमा बसेको बैठकमा दलहरूले सार्वजनिक स्थलमा चुनाव चिन्ह प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्ते लेखन, नियमानुसार भन्दा धेरै सवारी साधन प्रयोग गरेको पाइएको ले उक्त सामाग्री हटाउँन पर्ने भएका ले हटाउँने प्रतिबद्धता जनाएका हुन ।
