मेलम्ची– १० भन्ज्याङको एक महिलाको मृत्यु भएको छ । मेलम्ची १० को ५२ बर्षिय पम्फा कार्किको मृत्यु भएको हो । उहाँको चट्याङका कारण मृत्यु भएको आसंका गरिएको छ । ५२ बर्षिय पम्फा कार्किको खेत बाट घर जाने क्रममा बुधबार बेलुका नै मृत्यु भएको हुनसक्ने स्थानियले बताएका छन । स्थानियले चट्याङबाट मृत्यु भएको आसंका गरेपनि घटना हेर्दा चट्याङ लागेको नदेखिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार “टाउकोमा चोट रहेको,चट्याङ बाट आतिएर लड्दा टाउको बजारिएको देखिन्छ“ । बिहानै डेरीमा दूध लिएर आउने स्थानियले देखेपछि घटनाको बारेमा थाहा भएको थियो । त्यसपछि प्रहरी घटना स्थलमा गएको थियो । घटना बारे अनुसन्धान जारी रहेको र शव पोष्ट मार्टमको लागि मेलम्ची लगिएको प्रहरी निरिक्षक भण्डारीले बताउनु भयो ।
