सम्पर्क

भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु

भीरबाट लडेर सिन्धुपाल्चोकमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । प्रशिक्षण कार्य सम्पन्न भए पश्चात आफ्नो घर तर्फ फर्कने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका–०७ मेलचौरका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ बस्ने ४० बर्षिय दुर्गा सिं बस्नेतको पिपलडाँडा स्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर बिहिबार मृत्यु भएको हो । अन्दाजी ४० मिटर तल मृतक बस्नेतको लास भेटिएको थियो । मृतक म्यादी प्रहरी बस्नेतकोे शव जिल्ला अस्पताल सिन्धुपाल्चोकमा पोष्टमार्टम गरि उहाँकोे शवलाई परिवारको जिम्मा लगाएर अन्तिम संस्कार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।