सम्पर्क

सिन्धुपाल्चोकमा गठबन्धन भएन काग्रेसको उमेद्धार चयन

सिन्धुपाल्चोक जिल्लामा सत्ता साझेदार गठबन्धन दलहरूले यो समाचार तैयार गर्दा सम्म गठबन्धन गर्न सकेका छैनन । खाश गरि नेपाली काँङ्गरेसका नेता महोन बहादुर बस्नेत र नेकपा माओबादी केन्द्रका अग्नी प्रसाद सापकोटाको कारण पनी गठबन्धन हुन कठीनाइ परेको स्थानीय कार्यकर्ताहरुको ठम्याइ रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू बिच पटक पटक बैठक बसे पनि ठोस निर्णय र सहमति हुन सकेको छैन ।यसै बिच नेपाली काँग्रेसले मेयर र पालीका अध्यक्षहरुको नाम सिफारिस गरेको छ । जसअन्तर्गत मेलम्ची नगरपालिकामा मेयरमा वसन्त गुरुङ र उपमेयरमा जमुना मोक्तान तामाङ, चौतारा साँगाचोकगढीमा केशवराज गिरी मेयर र उपमेयरमा तुलसी श्रेष्ठ र बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेत मेयर र उपमेयरमा मञ्जु तामाङको नाम बागमती प्रदेश कार्यसमितिमा पठाएको छ । सुनकोशी गाँउपालीकमा रुपकाजी लामालाइ सिफारिस गरिएको छ । नेकपा मओबादी केन्द्रले भने चौतारामा अमानसिंह तामाङ्ग र बाह्र्बिसेमा बुद्धराज बस्नेतलाइ उम्मेद्धार बनाएको छ ।