कर्तव्य ज्यान मुद्दामा अदालतबाट ९ वर्ष ११ महिना ५ दिनको कैद सजाय पाएर फरार एकजनालाई १८ वर्ष पछि सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.११ बस्ने ५३ वर्षका मोहनराज गिरीलाई १८ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । बिहिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदहमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला अदालत दाखिला गरिएकोमा सम्मानित अदालतले गिरीलाई लागेको कैद जरिवाना असुल उपरका लागि शुक्रबार कारागार कार्यालय चौतारामा चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
