सम्पर्क

सुनकोसीमा अध्यक्षमा रुपकाजी

सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाले गाउँपालिका अध्यक्षमा आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ । गाउँपालिकाको बैठकमा अध्यक्ष र उपाध्यक्षमा सहमति नजुटेपछि आकांक्षीहरुबीच मतदान गरिएको थियो । सात जना आकांक्षीमध्ये मतदानबाट बढी मत ल्याउने रुपकाजी लामा र नेत्र कार्कीको नाम सिफारिस गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा ६ मध्ये बढी मत ल्याउने कान्छी तामाङ, ज्ञानु तिमल्सिना र अम्बिका तिमल्सिनाको नाम सिफारिस भएका छन् ।

मतदानमा गाउँ कार्यसमितिका ४२ सदस्यमध्ये ४१ जना उपस्थित भएकोमा २९ जना मतदान प्रक्रियामा सहभागी हुनु भएको थियो ।
सहमति नजुटेपनि बहुमतीय प्रक्रियाबाट उम्मेदवार छान्न पाउने कांग्रेसको विधानले नै व्यवस्था गरेको छ ।