सम्पर्क

सिन्धु मा उच्च ब्यक्तीत्व बिच नै प्रतिस्पर्धा

सिन्धुपाल्चोक जिल्लामा राजनिती दलका नेता हरुको नै बढी प्रतिस्पर्धा देखीएको छ । नेपाली काँग्रेसका पुर्ब जिल्ला सभापती बिकास लामा, क्षेत्रीय सभापतीहरु आइतमान तामाङ्ग , र बालकृष्ण बस्नेत चुनाबी मैदानमा हुनुहुन्छ भने नेकपा एमाले बाट झम्क नेपाल, बालकुमारी सापकोटा लगाएतका नेताहरु चुनाबी मैदानमा हुनुहुन्छ नेकपा माओबादीका कृष्ण प्रसाद सापकोटा देस बन्धु लगाएतका चर्चीत नेताहरु चुनाबी मैदानमा रहेको यो अबस्थामा राप्रपाका उदय सापकोटा तथा २ नं क्षत्रीय सभापती कुमारी तामाङ्ग समेत चुनाबी मैदानमा हुनुहुन्छ । सिन्धुपाल्चोक जिल्लाको १२वटै स्थानीय तहमा चुनाबको ठुलै प्रतिस्पर्धा हुने भएता पनी जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीकामा काँग्रेस,एमाले र माओबादी बिच कडा प्रतिस्पर्धा हुने भएको छ । यस अघीआफ्नो बर्चस्व रहेको ठान्ने माओबादीपाटी र एमाले अनी काग्रेस बिच कसले जित्ला निर्बाचन पछाडी नै थाहा होला । यसै गरीइन्द्रावतीमा बिकास लामा र झम्क नेपाल बिच कडा प्रतिस्पर्धा हुने भएको छ गाउँ पालिका प्रमुखको लागि ५ पाटी बाट उम्मेद्बारी परेको छ। जसमा नेकपा एमाले बाट झम्क नेपाल ,नेपाली कांग्रेस बाट बिकास लामा , माओबादी बाट ठूलोबाबु श्रेष्ठको उम्मेद्बारी परेको हो । तेस्तै राप्रपा बाट बिष्णु मैनाली र माले बाट केशव अधिकारी चुनाबी मैदानमा रहनु भएको छ । तर एमाले र कांग्रेसका उमेदवार जिल्ला हाकिसक्नु भएका दुबै जना कुशल नेता भएको कारण दुइ बिच प्रतिस्पर्धा हुने देखीएको छ।सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसका १ न क्षत्रीय सभापती चुनाबी मैदानमा हुनुहुन्छ । भने नेकपा एमालेबाट निमफुञ्जो शेर्पा माओबादी बाट बुद्धराज बस्नेत चुनाबी मैदानमा हुनुहुन्छ। त्यँहा पनी त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। उता मेलम्चीमा भने राप्रपा र काग्रेस बिच आआफ्नै निर्बाचन चिन्हमा चुनाब लड्ने गरी सहमती भएको छ काग्रेसका क्षत्रीय सभापती आइतमान तामाङ्ग नगर प्रमुख र राप्रपाको क्षेत्रीय अध्यक्ष कुमारी तामाङ्ग उप प्रमुखमा रहने गरि तालमेल गरी निर्बचन मा लाग्नु भएको छ। भने एमालेबाट बालकृष्ण देउजा र माओबादी बाट नानीराम चौलागाइ चुनावी मैदानमा हुनु हुन्छ ।