सम्पर्क

२ सभापती बिच सहमती उम्मेदवारी फिर्ता

सिन्धुपाल्चोकमा स्थानिय तह निर्वाचनमा मेलम्ची नगरपालकिामा २ क्षेत्रीय सभापती बिच एकताको सहमती भएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापती आइतमान तामाङ्ग र राष्टीय प्रजातन्त्र पाटीका क्षेत्रीय अध्यक्ष कुमारी तामाङ्ग बिच निर्बाचनमा एकता को सहमती भएको हो । नगर प्रमुखमा आइतमान र उपप्रमुखमा कुमारीलाइ जिताउँनका लागी नेपाली काग्रेसबाट उपमेयरमा दिएको उम्मेदवारी र राप्रपाबाट मेयरमा दिएको उम्मेदवारी फिर्ता समेत भइ सकेको छ । राप्रपाबाट प्रमुखका उमेदवार शेष बहादुर तामाङ र काङ्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता गर्नु भएको हो ।
सुनकोशी गाँउपालिकामा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको कारण नेकपा माओवादीका अध्यक्ष पदका उम्मेद््वार कृष्ण कुमारी कुवँर, नेकपा एमालेबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी मन्जु नेपाल भण्डारी सहित केही वडाध्यक्ष र सदस्यहरुले मनोनयन फिर्ता लिनु भएको छ। हेलम्बु गाउँपालिकामा अध्यक्षका उमेदवार दिएका जिमि लामाले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका निवर्तमान नगर प्रमुख अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । उँहाले एक कार्यक्रम नै गरेर निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिनु भएको हो ।
उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका तामाले बिज्ञेप्ती समेत जारी गर्नु भएको छ ।

उहाँले बिज्ञेप्तीमा ‘आम नगरबासीको चाहना, आम पार्टी नेता कार्यकर्ताको चाहना र शुभेच्छुकहरुको भावनालाई कदर गर्दै माओवादी केन्द्रलाई एक ढिक्का बनाई आगामी निर्वाचनमा जित सुनिश्चित गर्नका लागि मैले मेरो उम्मेद्वारीलाई फिर्ता गर्ने निर्णय गरेको छु । निश्चय पनि फुटेर कसैको भलो हुँदैन । अझ सामाजिक रुपान्तरण र समाजवादी यात्राका लागि एकजुट हुनपर्ने आजको आवश्यकता रहँदै आएको छ । माओवादी केन्द्रको तर्फबाट मेयरका शसक्त उम्मेदवार कृष्णप्रसाद सापकोटा ’देशबन्धु’ को गठबन्धनलाई साथ, सहयोग गर्ने प्रतिवद्धताका साथ आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । यसै गरी उपमेयर पदमा बागी उम्मेद्वारी दिनुभएका नेकपा समाजवादीका जिल्ला नेता यज्ञ सापकोटाले पनि मनोनयन फिर्ता लिनुभएको छ ।
उँहाहरु सँगै नगरापालिकाका विभिन्न वडामा माओवादी विरुद्ध नै बागी उम्मेद्वारी दिनुभएका वडा नं. २ का वडाध्यक्ष उम्मेद्वार चन्द्रप्रसाद काफ्ले, वडा नं. ४ का वडाध्यक्ष उम्मेद्वार चित्रबहादुर श्रेष्ठ, वडा नं.८ का जितबहादुर तामाङ, वडा नं. ९ मानबहादुर तामाङ, वडा नं. १० कमल खत्री, वडा नं. ११ अशोक पराजुलीले पनि मनोनयन फिर्ता गर्नुभएको छ।