सम्पर्क

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिव ३ बजे मेलम्ची नगरपालिका वडा नम्बर १२ फड्केश्वरमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा काभ्रे मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का ४४ बर्षिय इन्द्रबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । बा ७४ प ७४८२ नम्बर २२० सिसिको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने घटना स्थलबाट प्रहरी सहायक निरिक्षक सुरज थापाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।