सम्पर्क

Month: २०८३ श्रावण ३ आईतवार

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह दुई दशमलव ४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह दुई दशमलव एक मिटरमाथि सतर्कता तह हो । नदीको बहाव बढ्दो क्रममा रहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार बागमती नदीको पानीको सतह दुई दशमलव सात मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ । “हाल नदीको बहाव बढिरहेको छ । गौरीघाट क्षेत्रमा बागमती नदीले सतर्कता तह पार गरिसकेको छ । नदी आसपासका डुबान हुने स्थानका बासिन्दाले सोमबार ...
साँझ ७बजे देखी बिहान ५बजे सम्म सवारी सञ्चालनमा रोक, प्रशासनको आग्रह अनाबश्यक बाहीर ननिस्कनु

साँझ ७बजे देखी बिहान ५बजे सम्म सवारी सञ्चालनमा रोक, प्रशासनको आग्रह अनाबश्यक बाहीर ननिस्कनु

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, शिक्षा, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै जिल्ल बासीहरुलाइ यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मान्दै सिन्धुपाल्चोक जिल्लाको अरिनको राजमार्ग लगाएतका राजमार्गहरुमा बेलूका ७बजे देखी बिहान ५बजे सम्म सवारी आबत जावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे ले सिन्धुपाल्चोक जिल्लाका राजमार्गहरुमा पहीरोको जोखीम र सानातिना खोल्सा तथा खोलाहरुमा समेत बाढीको सम्भावना रहेकोले रात्रीको समयमा समस्या हुन सक्ने भएकाले सवारीसाधन हरुलाइ रोक लगाइएको बताउँनु भयो । यो सँगै कुनै समस्या भएमा तत्काल हटलाइन नम्बर १२३४ नेपाल प्रहरीको१००फोन गर्न समेत अनुरोध गर्नु भएको छ ।  ...
लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतको उल्लेखनीय उपलब्धि

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतको उल्लेखनीय उपलब्धि

., खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
चौतारा । सिन्धुपाल्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक मुद्दा समीक्षा कार्यक्रम सम्पन्न गर्दै न्याय सम्पादनको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। अदालतले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ, जसले न्यायिक प्रशासनलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने प्रयासलाई थप मजबुत बनाएको देखिएको छ।अदालतमा आर्थिक वर्षको सुरुआतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २०० मुद्दा रहेका थिए भने चालु वर्षमा थप ७६० नयाँ मुद्दा दर्ता भएका थिए। यससँगै कुल ९६० मुद्दाको लगत कायम भएको थियो। तीमध्ये ७५१ वटा मुद्दा फछ्र्योट गरिएको छ भने २०९ वटा मुद्दा अझै बाँकी रहेका छन्।  अदालतले चालु आर्थिक वर्षमा ६७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर निर्धारित लक्ष्यभन्दा ७५ वटा बढी मुद्दा टुंग्याउँदै...
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

अन्तर्वाता, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौँ, १ साउनः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ । महाशा...
आज साउने सङ्क्रान्ति पर्व

आज साउने सङ्क्रान्ति पर्व

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा ...
डुडुवाको सार्बजनिक सुनुवाई  सम्पन्न

डुडुवाको सार्बजनिक सुनुवाई सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
माधब कार्की,नेपालगञ्ज डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ ।जाहेर गरिएका साझा सार्बजनिक प्रतिबद्धताहरुमा, वडा नम्बर ५ को बाटो अधुरो रहेकाले सो बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेल खसाउने, डुडुवा गाँउपालिका वडा नम्बर ६ हिरमिनियाको मुनासिपुरको सडकमा आगामी आर्थिक बर्षमा ग्राभेल गर्ने, पालिका सँग सम्बन्धित सार्बजनिक सुचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सुचना उपलब्ध गराउने, गाँउपालिकाको सेवा सुबिधा र बिकास निर्माणको गुणस्तरियता थप अभिबृद्धि गर्ने, बिगतमा पालिकामा भएको आगजनीका बिषयमा छानबिन गर्ने लगायतका रहेका छन् । २५० बढि सहभागीहरुको उपस्थिति रहेको उक्त सार्बजनिक सुनुवाईको खुल्ला छलफलमा सुकुम्बासी समस्याको बारेमा, पाल...
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पत्रकार भेटघाट तथा अन्तरक्रिया सम्पन्न

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पत्रकार भेटघाट तथा अन्तरक्रिया सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
सुनिता रखाल,चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नियमित मासिक कार्यक्रमअन्तर्गत पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्लामा सम्पन्न भएका प्रहरी गतिविधि, शान्ति सुरक्षा अवस्था तथा अपराध नियन्त्रणका प्रयासबारे जानकारी गराइएको थियो। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जेसी शाहको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चालु आर्थिक वर्ष २०८२÷०८३ को असार महिनामा प्रहरीले सम्पादन गरेका प्रमुख कार्यहरूको प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रममा समुदाय–प्रहरी साझेदारी, लागुऔषध नियन्त्रण, साइबर अपराध न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, राजस्व संकलन, ट्राफिक व्यवस्थापन तथा विभिन्न आपराधिक घटनाको अनुसन्धानलगायतका विषयमा जानकारी दिइएको थियो। अन्तरक्रियाका क्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको पछिल्लो सुरक्षा अवस्था, अपराध नियन्त्रणका चु...
१४ नं वडामा कपडाको झोला वितरण गर्दै प्लास्टिकमुक्त अभियान सञ्चालन

१४ नं वडामा कपडाको झोला वितरण गर्दै प्लास्टिकमुक्त अभियान सञ्चालन

अन्तर्वाता, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
असार ३१ – प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा वातावरण संरक्षण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा प्लास्टिकमुक्त अभियान तथा कपडाको झोला वितरण कार्यक्रम गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद युवराज दुलालले वातावरण संरक्षणका लागि प्लास्टिकको प्रयोग घटाउनु आजको आवश्यकता भएको बताउँदै स्थानीय तह, संघसंस्था र नागरिकको संयुक्त प्रयासबाट मात्र प्लास्टिकमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।     उहाँले वातावरणमैत्री व्यवहार अपनाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा उँहाले वातावरण संरक्षणलाई नीति र व्यवहार दुवै तहबाट अघि बढाउनुपर्ने आवश्यकता भउको उल्लेख गर्नु हुादै संसदमा आफूले किसानको हित, कृषि क्षेत्रको विकास तथा जनजीविकासँग जोडिएका विषयमा निरन्तर आवाज उठाउँदै आएको र वातावरण संरक्षण पनि कृषिको दिगोपनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउँनु भयो । दुलालले व...
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मिना राना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घटनापछि उनका श्रीमान मिनबहादुर भण्डारी फरार रहेका छन् । स्थानीयका अनुसार माइत गएकी श्रीमतीलाई मिनबहादुरले मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवास्थित ससुरालीबाट घर ल्याएका थिए । घर आएपछि दुवैले मदिरा सेवन गरेको र सोही क्रममा सामान्य विवाद उत्पन्न भएको बताइएको छ । वडा सदस्य रवि खत्रीका अनुसार मदिराको नशामा भएको विवादका क्रममा मिनबहादुरले मुक्काले टाउकोमा प्रहार गरेका थिए । उक्त प्रहारकै कारण मिना रानाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार बिहान स्थानीयले मिना रानालाई घरमै मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउको र घुँडामा चोट तथा निलडाम देखिएको भए प...
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० असारः सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सरकारले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्याल...