नगर प्रमुख अर्को पार्टीको भएपनि उहाँ राम्रो हुनुहुँदो रहेछः वडाअध्यक्ष श्रेष्ठ,
सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका वडा नं६मा पिता परम बहादुर श्रेष्ठ र माता दिल माया श्रेष्ठको कोखबाट २०२४जेठ २२मा जन्मनु भएका बिकास प्रेमी समाजसेवी कुल बहादुर श्रेष्ठ हाल वडा नं६मा वडा अध्यक्ष हुनुहुन्छ। प्रस्तुत छ उहाँसँग रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज बाह्रबिसे विज्ञापन व्यवस्थापक फूडोमा शेर्पाले लोकप्रिय समाचार राष्ट्रिय दैनिकका लागी गर्नुभएको छोटो कुराकानी
यँहाको परिचय ?
मेरो नाम कुल बहादुर श्रेष्ठ हो , म वडा नं ६ को वडा अध्यक्ष हु। मेरो बुबाको नाम परम बहादुर श्रेष्ठ भने आमाको नाम दिल माया श्रेष्ठ हो मेरो जन्म २०२४ जेठ २२ गते भएको हो , म अहीले बाह्र्बिसे नगरपालिका वडा नं ६को वडाअध्यक्षको म्मिेवारी बहन गरिरहेको छु ।
निर्वाचित हुने बेलाको अनुभव कस्तो रह्यो ?
नेपालमा सघीयता लागु भए पछी दोश्रोपटक भएको स्थानीय निर्वाचनमा म पनी वडा अध्यक्षको उम्मेद्वार बन्न पाए...
